
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी दुर्घटनामा निधन भएकी उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी माइली भाइबुहारी डा. सञ्जु खाती खड्काप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
प्रधानमन्त्री दाहालले आज बिहान उपप्रधानमन्त्री खड्काको सुर्खेतस्थित निवासमा पुगेर उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले परिवारजनमा समवेदना प्रकट गरेका छन् । यसैगरी, उप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि स्व. खड्काप्रति श्रद्धाञ्जली अर्पण गरे ।
यही जेठ १६ गते बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ ठुडिया खोलानजिकै खड्का सवार कारलाई बसले ठक्कर दिँदा उनको निधन भएको थियो ।