१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
२o८१ बैशाख १८ मंगलबार ११:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

रेडियो स्टेसन ह्याक गरेर पुटिनको नक्कली सन्देश प्रसारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार ११:३२:oo

रुसका थुप्रै रेडियो स्टेसन ह्याक गरिएका छन् । रेडियो ह्याक भएसँगै युक्रेनसँग सीमा जोडिएका क्षेत्रमा राष्ट्रपति भ्लादिमिर पुटिनको नक्कली भाषण प्रसारण गरिएको थियो । दक्षिण–पश्चिमी बेल्गोरोड क्षेत्रमा गरिएको घुसपैठ प्रयास र तीव्र गोलाबारीबीच ह्याकिङ भएको हो । नक्कली सन्देश विभिन्न सामाजिक सञ्जालमा पनि प्रसारण भएको थियो । 

रुसी राष्ट्रपति पुटिनको आवाजसँग मिल्दोजुल्दो उक्त सन्देशमार्फत बेल्गोरोड क्षेत्रमा मार्सल ल, सेना परिचालनको घोषणा र नागरिकलाई सुरक्षित क्षेत्रमा जान अनुरोध गरिएको छ । ‘यो वास्तवमै ह्याक थियो,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने । 

बेल्गोरोड क्षेत्रीय प्रशासनिक केन्द्रले सन्देश ‘नक्कली’ भएको जनाएको छ । ह्याकिङको उद्देश्य ‘शान्तिपूर्ण बेलगोरोडका बासिन्दामा त्रास छर्न’ केन्द्रित रहेको बुझिएको छ । एमआरआई रेडियो स्टेसनले ह्याकिङलाई ‘पूर्ण नक्कली र उत्तेजक’ भनेको छ, जुन करिब ४० मिनेटसम्म प्रसारित भएको थियो ।

ad
ad