
सफ्टवेरिका कलेजले ‘कोभेन्ट्री युनिभर्सिटी इमरसन २०२३’ मा सहभागी हुन १० जना नेपाली विद्यार्थी बेलायत पठाउने भएको छ । कलेजले प्रत्येक वर्ष विद्यार्थीलाई अध्ययन भ्रमणका रूपमा बेलायत भ्रमणमा लैजाने क्रममा १० जना छनोट भएका हुन् ।
यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थीलाई व्याख्यान कक्षा, कार्यशाला, अनुभव–साझेदारी सत्र, र समूह छलफलजस्ता विभिन्न गतिविधिमार्फत युके शिक्षा विधिहरूमा व्यावहारिक, हातेमालो अनुभव प्राप्त गर्ने अवसर प्रदान गर्नु रहेको कलेजले जनाएको छ । क्याम्पस प्रमुख प्रमोद पौडेलका अनुसार विद्यार्थी फर्केपछि उनीहरूले आफ्नो नयाँ सीपको उपयोग गरी आफ्नो संस्थामा राम्रो सिक्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ । विद्यार्थीलाई सिकाइ अनुभवमा पूर्णतया सहभागिता जनाउन र भ्रमण सफल बनाउन सम्पूर्ण खर्चका साथै सबै जिम्मेवारी कलेजले लिइरहेको उनले बताए ।
भ्रमणका लागि छनोट भएका एक विद्यार्थीले कलेजले आफ्नो कडा परिश्रम, राम्रो अंक र कलेजप्रतिको जिम्मेवारी कदर र प्रशंसा भइरहेको छ भन्ने अनुभव भएको बताइन् । यात्राबाट नयाँ उद्देश्यका साथ फर्कन चाहेको उनको भनाइ छ । सफ्टवेरिकाका सक्रिय विद्यार्थीसँग प्रभावकारी शिक्षण विधिहरू लागू गर्न र सिक्ने अनुभवलाई सबैका लागि अझ उत्पादक बनाउन सहकार्य गर्ने उनको योजना छ ।
सफ्टवेरिका कलेजले कोभेन्ट्री युनिभर्सिटीसँगको सहकार्यमा बिएससी (अनर्स) कम्प्युटिङ, बिएससी (अनर्स) इथिकल क्याकिङ एन्ड साइबर सेक्युरिटी र एमएससी डाटा साइन्स एन्ड कम्प्युटेसनल इन्टेलिजेन्सजस्ता कोर्स सञ्चालन गर्दै आएको जनाएको छ ।