१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २० शनिबार
  • Sunday, 11 May, 2025
रासस काठमाडौं
२o८o जेठ २० शनिबार १३:४८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

५१औँ दिनमा ‘जारी’, नेट कलेक्सन १४ करोड बढी

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ २० शनिबार १३:४८:oo

लिम्बू समुदायको संस्कृतिलाई विषयवस्तु बनाइएको चलचित्र ‘जारी’ प्रदर्शनको ५१ दिन पूरा भएको छ। श्रीमती फिर्ता ल्याउन संघर्षरत श्रीमानको कथा प्रस्तुत गरिएको जारी प्रथासँग सम्बन्धित चलचित्रलाई कवि/कथाकार उपेन्द्र सुब्बाले निर्देशन गरेका हुन्।

चलचित्रले शनिबार काठमाडौं उपत्यकासँगै मोफसलको सहर बुटवल, नेपालगन्ज, नारायणघाट र विर्तामोडमा प्रदर्शनको ५१ दिन पूरा गरेको हो। चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले यो खुसी शब्दमा व्यक्त गर्न नसकिने बताए।

‘५१ दिन पूरा गर्ने वर्षकै पहिलो चलचित्र बन्यो। अहिले चलचित्र भवनको संख्या बढेको समयमा यो सफलता विरलै हो। पर्दामा समुदायको संस्कृतिलाई दर्शकले रुचाउनुभयो,’ उनले भने।

चलचित्रले शुक्रबारसम्म १४ करोड २१ लाख २३ हजार छ सय ७८ रुपैयाँको विशुद्ध (कर कट्टा गरिएको नेट कलेक्सन) व्यापार गरेको चलचित्र विकास बोर्डको विवरणमा उल्लेख छ। ‘कब्बडी’का शृंखलामार्फत लेखनमा सक्रिय निर्देशक सुब्बाले आफ्नो समुदायको कथा भन्नुपर्छ भन्ने लागेपछि चलचित्र निर्देशन गरेको बताए।

‘महिला आँटिला र साहसिला हुन्छन्। स्वाभिमानी छन् र आत्मसम्मान चाहन्छन्, श्रीमती भएँ भन्दैमा सम्मानविना बस्दैनन्,’ निर्देशक सुब्बाले भने। महिलालाई आफ्नो जीवनसाथी छनोट गर्ने आत्मनिर्णयको सुविधा लिम्बूवानमा रहनुको अर्थ दोस्रो बिहे गर्छन् भन्ने नबुझ्न आग्रहसमेत गरे।

‘लिम्बू समुदायमा बिहेमा पतिले वचनका साथ सिक्का (युप्पारुङ) दिने चलनमा आधारित छ। त्यो युप्पारुङमा चेलीको आत्मनिर्णयको अधिकार समाहित हुन्छ,’ निर्देशक सुब्बाले भने। यसमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, प्रेम सुब्बा, अनिल सुब्बा, रोयदीप, रेखा लिम्बू, कमलमणि नेपाल, पुष्कर गुरुङलगायतले अभिनय गरेका छन्।