१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १८ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १८ बिहीबार १८:o३:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

अख्तियारका आयुक्त चन्दको ‘मैनाचरी’ सार्वजनिक, प्रियंकाको अभिनय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १८ बिहीबार १८:o३:oo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त एवं पूर्वएआइजी जयबहादुर चन्दको नयाँ गीत सार्वजनिक भएको छ। चन्दले लेखेको ‘मैनाचरी’ बोलको गीत सार्वजनिक भएको हो।

गायिका मेलिना राईको स्वर रहेको राष्ट्रिय भावको यो गीतमा वसन्त सापकोटाले संगीत भरेका छन्। महाराज थापाको एरेन्ज रहेको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीले ठुम्का लगाएकी छिन्। सुदीप बरालले खिचेको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका छन्। भिडियो निर्देशन भने सरोज ओलीले गरेका छन्।

‘यो राष्ट्रिय भावको गीत हो,’ गीतकार चन्दले भने, ‘स्कुल/कलेज बिहे व्रतबन्धतिर बजाउन मिल्छ। आमदर्शक स्रोतामा राष्ट्रिय भाव जागृत गराउँछ भन्ने मेरो अपेक्षा छ। सुदूपश्चिममा हुर्केको मैले सानैदेखि देउडा गुनगुनाउँथेँ। त्यही भएर गीत लेखनमा सानैदेखि हुटहुटी थियो।’

यसअघि चन्दले ट्राफिकसम्बन्धी जनचेतना जगाउने सेतो टोपी बोलको गीत ल्याएका थिए।