१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १७ बुधबार १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका नेताबीच शिष्टाचार भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार १२:५६:oo

सत्तारूढ दल नेकपा माओवादी केन्द्र र चिनियाँ कम्युनिस्ट पार्टीका सिचुआन प्रान्तका पार्टी सचिव वाङ सियाओहुईबीच शिष्टाचार भेट भएको छ।

बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिव वाङसहितको १४ सदस्यीय प्रतिनिधिमण्डलले नेकपा माओवादी केन्द्रका नेताहरूसँग भेट गरेको हो। 

भेटका क्रममा दुई पार्टीका बीचमा सम्बन्ध विस्तार, सम्बन्ध सुदृढ गर्ने विषयमा छलफल भएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले बताए। उनले छलफलमा दुई सरकारबीचमा सम्बन्ध विस्तार र दुई देशका जनताको बीचमा पनि सम्पर्क सम्बन्ध स्थापित गर्ने कुरामा छलफल भएको बताए। 

भेटमा महासचिव देव गुरुङलगायतका पार्टीका नेताहरूको उपस्थिति थियो। प्रधानमन्त्री पुष्पकमल दाहालले आजबाट चारदिने भारत भ्रमण हुनुभन्दा अघि चिनियाँ कम्युनिस्ट पार्टीको टोलीबीच भएको भेटघाटलाई महत्वपूर्ण रूपमा लिइएको छ।

साथै चिनियाँ कम्युनिस्ट पार्टीको टोली आज बिहान नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेको थियो।