१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १७ बुधबार
  • Friday, 18 April, 2025
२o८o जेठ १७ बुधबार १o:१६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेटप्रति उद्योगी–व्यापारीको मिश्रित प्रतिक्रिया

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १७ बुधबार १o:१६:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सार्वजनिक गरेको वार्षिक बजेटप्रति विराटनगरका उद्योगी एवं व्यापारीले मिश्रित प्रतिक्रिया दिएका छन् ।  

 आव ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट विगतको भन्दा केही कम भए पनि बजेटले धेरै क्षेत्रमा सकारात्मक प्रभाव पार्ने जनाइएको थियो । मल कारखाना खोल्न विस्तृत योजना प्रतिवेदन तयार गर्ने, संघीय कृषि ऐन निर्माण तर्जुमा गरिनेजस्ता विषय बजेटमा समेटिएकाले कृषिका आधुनिकीकरण र उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने विश्वास गरिएको थियो । 

३६ वस्तुको निर्यातमा अनुदान दिने, विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरमा विकास गर्ने, ३० प्रतिशत उत्पादन निर्यात गर्ने उद्योगलाई विशेष आर्थिक क्षेत्र (सेज)मा जग्गा उपलब्ध गराउनेलगायत घोषणाले उद्योगी व्यापारीहरूले यो सकारात्मक पक्ष रहेको उल्लेख गरेका थिए ।

यस्तै, निर्यात गर्ने सूचना प्रविधि क्षेत्रले आम्दानीको १० प्रतिशत सटहीको सुविधा पाउने, स्टार्टअप प्रवद्र्धनका लागि एक अर्ब २५ करोड रुपैयाँ बजेट छुट्याउनाले सूचना प्रविधि क्षेत्रले ठूलो फड्को मार्नाका साथै यस क्षेत्रमा रोजगारी सिर्जना हुने पनि जनाइएको थियो । 

नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले विदेशी लगानी भित्र्याउन लगानी सम्मेलन गरिने, नयाँ कम्पनी दर्तामा कुनै शुल्क नलिइने, ढुंगा, गिटी निर्यात गर्न दिइने बजेटको नीति अत्यन्त सकारात्मक पक्ष रहेको बताए । उनले विराटनगरको चक्रपथ र विशेष आर्थिक क्षेत्र तथा प्रदर्शनीस्थल निर्माणका लागि बजेटमा उल्लेख नहुनु दुःखद भए पनि विराटनगर भन्सार क्षेत्रमा पार्किङ र गोदाम घर निर्माण गर्ने कुरा सकारात्मक रहेको प्रतिक्रिया दिए ।

यसैगरी, मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले प्रस्तुत बजेट सही ढंगले कार्यान्वयन भएमा मुलुकको आर्थिक क्षेत्र चलायमान हुने धारणा व्यक्त गरे । आयातलाई खुकुलो बनाउनु, नयाँ गाडी खरिद नगर्नु, पुराना सवारीसाधन बिक्री गर्र्नु, विभिन्न किसिमका भत्ता केही समयका लागि बन्द गर्नु, नयाँ कर्मचारी नियुक्त नगर्नु र उद्योगी एवं व्यापारीका सुझाव कार्यान्वयन हुनु खुसीको कुरा भएको उनको भनाइ थियो ।