१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o८:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

रेशम चौधरी जेलमुक्त, समर्थकले गरे फूलमालासहित भव्य स्वागत 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:o९:oo

टीकापुर हत्याकाण्डमा तीन तहको अदालतबाट दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले माफी दिएर जेलमुक्त गरेको छ । गणतन्त्र दिवसको अवसरमा उनलाई कैद सजाय माफी दिइएको हो । चौधरी सत्तारूढ दल नागरिक उन्मुक्तिका संरक्षक छन् ।

साढे पाँच वर्षदेखि  डिल्लीबजार कारागार रहेका चौधरी  सोमबार जेलमुक्त भएका हुन्  । चौधरी जेलमुक्त हुँदा समर्थकले फूलमालासहित भव्य स्वागत गरेका थिए। 

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार चौधरीसहित १९ जनालाई माफी दिएका छन् । यसबाहेक सात ज्येष्ठ नागरिकसहित  चार सय ८२ कैदीको भुक्तान हुन बाँकी कैदसजाय पनि मिनाहा गरिएको छ । 

ad
ad