Skip This
व्यक्तिले गरेको गल्तीको दोष सिंगो प्रणालीलाई दिन मिल्दैन : मन्त्री शर्मा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १४ आइतबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडों
२o८o जेठ १४ आइतबार १९:o४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

व्यक्तिले गरेको गल्तीको दोष सिंगो प्रणालीलाई दिन मिल्दैन : मन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडों
नयाँ पत्रिका
२o८o जेठ १४ आइतबार १९:o४:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले व्यक्तिले गरेको गल्तीको दोष प्रणालीलाई दिइनु गलत भएको बताएकी छिन्।

सामुदायिक सूचना नेटवर्क सिआइएनको १५औँ स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनले पदमा पुगेका केही व्यक्तिले गरेका गैरकानुनी कामलाई लिएर सिंगो गणतन्त्रलाई नै बदनाम गराउने गरिएकोप्रति असहमति जनाएकी हुन्। 

सरकार सञ्चालनका क्रममा गल्ती कमजोरी गर्नेलाई कानुनअनुसार कारबाही गर्ने अवसर पनि गणतन्त्रमा रहेको भन्दै उनले उनीहरूलाई कारबाही गर्न सबै एकै ठाउँमा उभिनुपर्ने बताइन्। गणतन्त्रको विकल्प गणतन्त्र मात्र रहेको भन्दै मन्त्री शर्माले गणतन्त्र दिवस मनाउनु हिजोका राजा महाराजाको जन्म दिन मनाएकोजस्तो नभएको तर्क गरिन्।

सरकारका प्रवक्तासमेत रहेकी शर्माले संघीय गणतन्त्रप्रति आमनागरिकको अपनत्व बढाउनका लागि सरकारले यस वर्ष तीन दिन गणतन्त्र दिवस भव्यताका साथ मनाउन लागेको बताइन्। 

कार्यक्रममा सिआइएनलाई सूचना र विज्ञतामार्फत सहयोग गर्ने वरिष्ठ अधिवक्ता एवं संविधानविद् डा. चन्द्रकान्त ज्ञवाली, काठमाडौं विश्वविद्यालयका सह(प्राध्यापक डा. सुधांशु दाहाल, शिक्षा मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक शर्मा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता प्रकाशकुमार सन्जेल, पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत तथा सूचना अधिकारी डा. चन्द्र ढकाल, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धर र राष्ट्रिय महिला आयोगका उपसचिव एवं प्रवक्ता चमिला भट्टराईलाई प्रशंसापत्र प्रदान गरिएको थियो।

१५ औँ स्थापना दिवसको अवसरमा सिआइएनकर्मी सुनीलराज भारत, रेडियो खुला आकाश जुम्लाका मानबहादुर कुँवर र  रेडियो मध्यपश्चिम दाङका सुशीला ओली उत्कृष्ट पत्रकार पुरस्कारबाट सम्मानित भए। तीनैजनालाई कार्यक्रमका मुख्य अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनही नगद १५ हजार पुरस्कारसहित सम्मान गरिन्।