मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १४ आइतबार १६:३१:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आठ महिनामा १०४ किमि सडक थपियो, ७५ वटा पुल बने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १४ आइतबार १६:३१:००

चालू आर्थिक वर्षको आठ महिनामा एक सय ४ किलोमिटर नयाँ सडक निर्माण भएको छ। त्यस्तै, ७५ वटा नयाँ मोटरेबल पुल निर्माण भएको छ।

आज सार्वजनिक आर्थिक सर्वेक्षणका अनुसार यो आठ महिनामा ३ सय १६ किलोमिटर सडक खण्डास्मित (ग्राभेल)स्तरमा स्तरोन्नति भएको छ। त्यस्तै, २ सय ४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ।

यही अवधिमा ८ हजार २ सय ५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने २ सय ७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ।

२०७९ फागुनसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ। जसमध्ये १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७ हजार ९ सय ५६ किलोमिटर ग्राभेल र ८ हजार ६ सय ६४ किलोमिटर कच्ची सडक रहेका छन्।

कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्राभेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत छ। २०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो।