Skip This
चारवटा हिमालबाट ३४ हजार किलो फोहोर संकलन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ १२ शुक्रबार ११:१६:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

चारवटा हिमालबाट ३४ हजार किलो फोहोर संकलन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार ११:१६:oo

सफा हिमाल अभियानले ४५ दिनमा चारवटा हिमालबाट ३४ हजार एक सय ६६ किलो फोहोर संकलन गरेको छ । नेपाली सेना नेतृत्वको सफा हिमाल अभियानको टोलीले सगरमाथा, ल्योत्से, अन्नपूर्ण र बरुणत्से हिमालबाट फोहोर संकलन गरेर आधा बाटो पार गरेको छ । 

विश्वको सबैभन्दा ठूलो हिमाल सरसफाइ कार्यक्रममध्येको यस अभियान २८ मार्चमा सुरु भएर ५ जुनमा सम्पन्न हुनेछ । प्रत्येक वर्ष सयौँ आरोही, शेर्पा र भरियाहरू हिमाल चढ्न जाँदा आफूसँगै लगेका बायोडिग्रेडेबल र नन–बायोडिग्रेडेबल फोहोर बाटोमै फालेका हुन्छन् । 

नेपाली सेना र शेर्पा समर्थक गरी ९७ जना सदस्यता रहेको सफा हिमाल अभियानको टिमले खाली अक्सिजन क्यानिस्टर, अलपत्र टेन्टहरू, खाना राखिने कन्टेनर, प्लास्टिक, गिलास, आल्मुनियम, इलेक्ट्रोनिक ग्याजेटलगायत फोहोर संकलन गरेको जनाएको छ ।

टिमले यस वर्ष ३५ हजार किलो फोहोर संकलन गर्ने लक्ष्यसहित अभियानलाई निरन्तरता दिएको छ ।सफा हिमाल अभियानका निर्देशक ब्रिगेडियर जनरल सुन्दरकुमार पाण्डेले अत्यन्तै कठिन मौसमी अवस्थाको सामना गर्दै फोहोर संकलन गरेको बताए । ‘चुनौतीपूर्ण मौसम र उच्च जोखिमको अवस्थाका बाबजुद टिमको सराहनीय समर्पणले हामीलाई हाम्रो लक्ष्यतर्फ अगाडि बढ्न मद्दत गरेको छ,’ उनले भने, ‘विज्ञ र नेपाली सेनाले शेर्पा, मेडिकल अफिसर, उद्धार अपरेटर, स्थानीय समुदाय तथा अन्य सहयोगी हातहरूसँग मिलेर हामीलाई शिविर, बाटोदेखि सबै क्षेत्रहरूबाट फोहोर संकलन गरी फिर्ता ल्याउन समर्थ बनायो ।’

हिमालको सुन्दर इकोसिस्टम जोगाउन सबैको सामूहिक दायित्व झल्काउने गरी यस वर्ष अभियानको नारा नै ‘हिमाल बचाउने प्रयासः हाम्रो हिमाल, हाम्रो जिम्मेवारी’ राखिएको छ । सफा हिमाल अभियानका प्रमुख साझेदारहरूमध्ये एक क्रिएसनका संस्थापक अध्यक्ष आनन्द मिश्रले हिमाली भेगको फोहोरले विशाल चुचुराहरूको महिमा र महत्वलाई ह्रास गर्दै नेपालमा एउटा महत्वपूर्ण चुनौती खडा गरेको बताए । दिगो फोहोर व्यवस्थापन प्रवद्र्धन गर्ने प्रयासका रूपमा फोहोर संकलन गरेपछि टिमले प्रशोधनका लागि अभियानको रिसाइक्लिङ पार्टनरलाई हालसम्म अन्नपूर्ण र बरुणत्से हिमालबाट संकलन गरिएको फोहोर हस्तान्तरण गरिसकेको छ ।