मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १२ शुक्रबार
  • Wednesday, 18 December, 2024
२o८o जेठ १२ शुक्रबार o८:४९:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

सेमिकन्डक्टर इन्डस्ट्रीमार्फत भारतमा नयाँ क्रान्ति

सन् २०२७ सम्म कम्प्युटर चिप्ससमेत उत्पादन गर्ने भारतको सेमिकन्डक्टर बजार तीन वर्षमा ८० अर्ब डलरको हुने अनुमान गरिएको छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o जेठ १२ शुक्रबार o८:४९:oo

भारतमा २१औँ शताब्दीको सुरुवात कल सेन्टरको क्रान्तिबाट सुरु भयो । उक्त क्रान्ति अहिले मधुरो भएको छ । तर, भावी दिनमा फेरि त्यही समय दोहोरिन नसक्ला भन्न सकिँदैन । आउटसोर्सिङमार्फत नै एउटा छुट्टै खालको क्रान्ति अर्थात् आइटी सेक्टरसँग जोडिएको सम्भावनाले भारत म्यानुफ्याक्चरिङ इन्डस्ट्रीको ढोका ढकढकाएको छ । 

एप्पलको ग्याजेट एसेम्बल गर्ने ठूलो ताइवानी इलेक्ट्रोनिक म्यानुफ्याक्चरिङ कम्पनी फक्सकनले तेलंगानामा प्लान्ट लगाउने भएको छ । केही समयमा कारखाना सुरु हुने आशा गरिएको छ । हालसालै मात्र भारतको वन्दे मातरम् ग्रुपले चालू आर्थिक वर्षको अन्तिम त्रैमासमा संयुक्त उपक्रमअन्तर्गत आफ्नो सेमिकन्डक्टर प्लान्ट लगाउन सुरु गर्ने र सन् २०२७ सम्ममा कम्प्युटर चिप्स पनि उत्पादन गर्ने बताएको छ । 

भारत सरकारले यो उद्योगलाई कर छुट दिने तथा अन्य रूपमा अर्बौं डलरको सुविधा दिने घोषणा सन् २०२१ मै गरेको थियो । यसका पछाडि विशेष भूमिका भएको पाइन्छ । वेदान्ता र टाटा इलेक्ट्रोनिक्स दुवैले भारतमा औसेट (आउटसोस्र्ड सेमिकन्डक्टर एसेम्बली एन्ड टेस्ट) स्थान पनि खोज्नेछन् । यसमा तयारी अवस्थामा मगाइएका कम्प्युटर चिप्सलाई विभिन्न उपकरणमा लगाएर परीक्षण गर्ने गरिन्छ । 

ताइवानी सञ्चारमाध्यमका अनुसार विश्वकै ठूलो सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टिएसएमसी या पावर चिप सेमिकन्डक्टर म्यानुफ्याक्चरिङ कर्पोरेसनका तर्फबाट पनि भारतमा औसेट कारोबार सुरु गर्न पहल हुन सक्छ । 
सस्तो प्रविधि–श्रमका कारण अहिलेसम्म आउटसोर्सिङमा चीनको एकछत्र राज थियो । पछि लगातार दुई अमेरिकी राष्ट्रपतिको प्रयासमा चीनलाई सेमिकन्डक्टरसँग जोडिएका हरेक क्षेत्रमा छिन्नभिन्न पारियो । त्यसपछि भारत र भियतनामले औसेटको काममा आ–आफ्नो दाबेदारी प्रस्तुत गर्दै आइरहेका छन् । 

अहिले समय यति परिवर्तन भयो कि कुनै यस्तो इलेक्ट्रोनिक्स सामान भेट्टाउन मुस्किल छ, जसमा सेमिकन्डक्टर नलागेको होस् । कम्प्युटरदेखि मोबाइल फोन, टिभी, फ्रिज, एसी र थर्मोमिटरसम्म सेमिकन्डक्टर लाग्छ । इमेज प्रोसेसिङदेखि डेटा प्रोसेसिङसम्म र टेम्प्रेचर कन्ट्रोलदेखि सूचनाको पहुँचसम्म पुग्ने सबै काम सेमिकन्डक्टर्समार्फत हुन्छ । यसको सानो टुक्राको भूमिका केवल स्विच अन र अफसम्म सीमित छैन । तर, अहिले सेमिकन्डक्टरको आकार सानो भए पनि काम ठूलो छ । आजभन्दा २५ वर्षअघि जे काम असम्भव ठानिएको थियो, त्यो सबै काम सेमिकन्डटरको प्रयोगले सम्भव भएको छ । 

सस्तो प्रविधि–श्रमका कारण अहिलेसम्म आउटसोर्सिङमा चीनको एकछत्र राज थियो । पछि लगातार दुई अमेरिकी राष्ट्रपतिको प्रयासमा चीनलाई सेमिकन्डक्टरसँग जोडिएका हरेक क्षेत्रमा छिन्नभिन्न पारियो । त्यसपछि भारत र भियतनामले औसेटको काममा आफ्नो दाबेदारी प्रस्तुत गर्दै आइरहेका छन् । 

खोज्दै जाँदा सेमिकन्डक्टर इन्डस्ट्रीको जग सिलिकन वेफरमा अडिएको पाइन्छ, जसको उत्पादनमा चीनकै दबदबा छ । योसँग जोडिएका कामको सुरुवात विश्वका विभिन्न ठाउँमा हुने गर्छ । यसमा नयाँ माइक्रो प्रोसेसर डिजाइन गर्नु पहिलो नम्बरमा आउँछ, जुन बौद्धिक सम्पत्ति अधिकार (इन्टेलेक्चुअल राइट्स) अन्तर्गत आउँछ । अमेरिकी कम्पनी इन्टेल र बेलायती कम्पनी एआरएम सेमिकन्डक्टर उद्योगमा लोकप्रिय छन् । दक्षिण कोरियाली कम्पनी सामसङको दबदबा डाइनामिक र्‍यान्डम एक्सेस मेमोरी (ड्र्याम)मा कायम छ । एकीकृत सर्किट (आइसी) बनाउनमा यी चिजको भूमिका महत्वपूर्ण हुन्छ । यस्तै, चिप डिजाइनिङ अर्थात् सिलिकन वेफमा सर्किटको खाका खिच्न अमेरिकी कम्पनी क्वालकम, ब्रोडकम र एनभिडियाको बोलवाला छ । 

चिप्सलाई अन्तिम रूप दिने ताइवानी कम्पनी टिएसएमसी सबभन्दा अगाडि छ । सो कम्पनीले सिलिकन वेफर्समा सर्किट छापेर चिपको नक्सा बनाउँछ । उसैले तय गरेको ठाउँमा माइक्रो प्रोसेसर र ड्र्याम लगाइन्छ । यसका लागि जिन लिथोग्राफी (छापा) मेसिनको प्रयोग हुन्छ । यसलाई बनाउने कम्पनी हो, नेदरल्यान्ड्सको एएसएमएल होल्डिङ । यसैगरी, लिथोग्राफीका लागि मसिका रूपमा काम आउने केमिकल अर्गन फ्लोराइड बनाउने काम भने जापानले गर्छ । 

चिप बनेर तयार भएपछि पनि सीधै प्रयोगमा ल्याउन सकिँदैन । जसरी दिमागले काम गर्न शरीर चाहिन्छ, त्यसैगरी चिप चल्न इलेक्ट्रोनिक उपकरण चाहिन्छ । यसका लागि चिप एसेम्बलिङ र टेस्टिङको चरण पार गर्नुपर्छ । भारतमा ठूलो संख्यामा सीपयुक्त रोजगारी अहिले औसेटबाट नै छ । यस्तो स्थितिमा चिन्ता पनि छँदैछ । चिन्ता के भने कतै चीनले विकसित देशको सेटिङ पुनः नबनाओस् र आर्टिफिसियल इन्टेलिजेन्सले औसेटको अस्तित्व नै संकटमा नपारोस् । 

भारतमा सन् २०२६ सम्म ८० अर्ब डलरको सेमिकन्डक्टर बजार हुने अनुमान गरिएको छ । तुलनात्मक दृष्टिले हेर्दा चीनको सेमिकन्डक्टर बजार सन् २०२२ मै १९२ अर्ब डलरको अनुमान गरिएको थियो । विश्वका १० शीर्ष चिप निर्माता कम्पनीको संयुक्त मार्केट नेटवर्थ सन् २०२१ मा २९० खर्ब डलर मानिन्थ्यो । तर, रुस–युक्रेन युद्ध सुरु भएपछि नोभेम्बर २०२२ मा घटेर १९० खर्ब डलर पुग्यो ।