१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
गणेश लम्साल विराटनगर
Invalid date format १७:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारविरुद्ध विराटनगरमा प्रदर्शन, दोषीलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format १७:२५:oo

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै आन्दोलनरत विराटनगरका नागरिक अगुवाहरूले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाएका छन्।

पछिल्लो १५ दिनदेखि निरन्तर आन्दोलन गरिरहेका नागरिक अगुवाले बिहीबार मोरङका सिडिओ वीरेन्द्रप्रसाद यादवमार्फत हस्ताक्षर र ज्ञापनपत्र बुझाउँदै दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका हुन्। उक्त प्रकरणमा पक्राउ परेका र पक्राउ पर्न बाँकीलाई छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै उनीहरू निरन्तर प्रदर्शनमा छन्।

दोषीले उन्मुक्ति पाए आन्दोलनलाई थप सशक्त बनाएर लैजाने उनीहरूको चेतानवी छ। बिहीबार जिल्ला प्रशासन कार्यालयअगाडि भएको प्रदर्शनमा डाक्टर, प्राध्यापक, राजनीतिक विश्लेषक, अधिकारकर्मी, पत्रकार र मानव अधिकारकर्मीहरूको उपस्थिति थियो। कोभिडको समयमा भएको भ्रष्टाचार, विराटनगर जुट मिलको अनियमितालगायत सबै भ्रष्टाचारको छानबिन गर्न उनीहरूले माग गरेका छन्।