१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ७ आइतबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ७ आइतबार १३:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ७ आइतबार १३:५६:oo

प्रतिनिधिसभा सदस्य एकनाथ ढकालले नेपालको विमानस्थलबाट भारतीय सुरक्षाकर्मी हटाउन माग गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भारत भ्रमणका क्रममा यसको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन्।

‘केही हप्ताअघि भारतको अयोध्यामा आयोजित एक कार्यक्रममा भाग लिन जाने क्रममा त्रिभुवन विमानस्थलमा नेपाली सुरक्षाकर्मीको सबै सुरक्षा पास गरेर एयर इन्डियामा चढ्नुअघि भारतीय सुरक्षाकर्मीबाट शरीरको खानतलासी गर्ने काम भयो,’ उनले भने, ‘त्यो सर्वसाधारणका लागि मात्र होइन, नेपाली कूटनीतिकको लागि पनि भयो। एउटा सार्वभौमसम्पन्न राष्ट्रका लागि यो कति शोभायमान विषय हो ?’