१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ ७ आइतबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
२o८o जेठ ७ आइतबार १३:४२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बागमतीमा भागबन्डा मिलाउन १२ सदस्यीय मन्त्रिमण्डल बनाउँदै जम्कट्टेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o जेठ ७ आइतबार १३:४२:oo

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको ११ सदस्यीय मन्त्रिपरिषद्लाई १२ सदस्यीय बनाउँदै आज पूर्णता दिने भएका छन्।

नयाँ मन्त्री नियुक्त गरी ३ बजेका लागि शपथग्रहण तय गरिएको बताइएको छ। यसअघि ११ बाट मन्त्रीको संख्या नबढाउने बताउँदै आएका मुख्यमन्त्री जम्कट्टेल अन्ततः मन्त्रालयको संख्या बढाउन सहमत भएका हुन्।

सत्तासाझेदार दलहरूबीच भागबन्डा मिलाउनुपर्ने भएपछि मुख्यमन्त्री जम्कट्टेल मन्त्रीको संख्या बढाउन तयार भएका हुन्। उनले आज ६ मन्त्री नियुक्तिको तयारी गरेका छन्। सत्तागठबन्धनमा भागबन्डा नमिल्दा समस्या भइरहेका कारण लामो समयदेखि सरकार अपूर्ण अवस्थामा रहेको थियो।

भागबन्डाको विवाद समाधान गर्न मुख्यमन्त्री जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषद्लाई १२ सदस्यीय बनाउने भएका हुन्। प्रदेशको ११ मन्त्रालयमध्ये कांग्रेसले ६, माओवादीले मुख्यमन्त्रीसहित चार र एकीकृत समाजवादीले दुई मन्त्री लिने सहमति भएको छ। सोहीअनुरूप आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ।

आज पूर्णता पाउने प्रदेश मन्त्रिपरिषदमा माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्रालय, कुमारी मुक्तान सामाजिक विकास मन्त्रालय र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्रालयमा रहेका छन्।

यस्तै, कांग्रेसका तर्फबाट बहादुरसिंह लामा तामाङ आर्थिक मामिला तथा योजना मन्त्रालय, तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, रामकृष्ण चित्रकार (जिम्मेवारी पछि तोकिने), पुकार महर्जन पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, उत्तम जोशी स्वास्थ्य मन्त्रालय र  मसिना खड्का वन तथा वातावरण मन्त्रालयमा रहेका छन्।

यसैगरी, एकीकृत समाजवादीका तर्फबाट डा. राजेन्द्रमान श्रेष्ठ कृषि तथा पशुपन्छी विकास मन्त्रालय र लक्ष्मण लम्साल श्रम, रोजगार तथा यातायात मन्त्रालयमा रहेका छन्।