
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको प्रतिक्रिया दिएको छ ।
आगामी आर्थिक वर्षका लागि आज प्रस्तुत नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले विगतकै जस्तो निरन्तरता मात्र भएको बताए ।
‘प्रारम्भिक रूपमा हेर्दा ठोस कुरा केही पनि आएको छैन । यसले संकटग्रस्त अर्थतन्त्रका जटिलतालाई सम्बोधन गरेको छैन । विगतकै जस्तो नीति तथा कार्यक्रमको निरन्तरता मात्र छ । हरेक वर्ष बजेट बनाइरहँदा यस्ता कुरा हुँदै आएका थिए । यसले अहिलेको आर्थिक संकट र राजनीतिक संक्रमण पार लगाउन सक्दैन,’ उनले भने ।