
सिद्धार्थ बैंक लिमिटेडका ग्राहकले नेपालगन्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा विशेष छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने विषयमा बैंक र सोल्टीबीच सम्झौता भएको हो ।
सम्झौतामा बैंकका नेपालगन्ज शाखा प्रमुख किरण राणामगर र सोल्टी वेस्टेन्डका सेल्स एन्ड मार्केटिङ प्रबन्धक रोजिना महर्जनले हस्ताक्षर गरेको जनाइएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले सोल्टी वेस्टेन्ड प्रिमियरमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ तथा क्युआरमार्फत खाना तथा पेय पदार्थको भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट पाउने उल्लेख छ । यो सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ ।