१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
२०८० जेठ ३ बुधबार ११:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘नागरिक अभिनन्दन’मा सहभागी हुन पूर्वराजा धनगढी आउने

Read Time : < 1 मिनेट
२०८० जेठ ३ बुधबार ११:००:००

पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा अभिनन्दन गरिने भएको छ । पूर्वराजा आउने भएपछि समर्थकले उनको अभिनन्दन र भ्रमणको तयारी थालेका छन् । ५ जेठमा शाह परिवारका सदस्यसहित धनगढी आइपुग्ने तय भएको बताइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा राजतन्त्र पक्षधरहरूले ६ जेठमा पूर्वराजालाई धनगढीको खुलामञ्चमा ‘नागरिक अभिनन्दन’ गर्ने तयारी गरेका छन् । त्यसका लागि एक हजार एक सय सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन गरिएको छ । भ्रमणलाई लक्षित गरेर राजतन्त्र पक्षधरले अत्तरिया चोकलगायत केही ठाउँमा पूर्वराजाका तस्बिरसहित पोस्टर टाँसिएका छन् ।

नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजक जयन्त चन्दले विभिन्न उपसमिति गठन गरेर पूर्वराजाको अभिनन्दन र भ्रमणको तयारी भइरहेको बताए । पूर्वराजा शाह केही दिन सुदूरपश्चिममा रहने र उनले यहाँका प्रसिद्ध मठमन्दिर र धार्मिकस्थलको दर्शन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

पूर्वराजा शाहले पछिल्लो समय आफ्नो सक्रियता बढाएका छन् । देशका विभिन्न जिल्लाको भ्रमणमा निस्किएका उनी केही दिनअघि नेपालगन्जमा गरिएको नागरिक अभिनन्दनमा सहभागी भएका थिए ।

त्यहीँबाट रुपैडिया नाका हुँदै भारत गएका शाहले भारत भ्रमणका क्रममा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका थिए । पूर्वराजाको सक्रियतालाई कतिपयले हिन्दू राष्ट्र फर्काउने प्रयत्नको रूपमा बुझेका छन् ।