१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २ मंगलबार
  • Sunday, 11 May, 2025
रासस नैरोबी
२o८o जेठ २ मंगलबार १३:oo:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

केन्याले सोमालियासँगको सीमा ३० दिनभित्र खोल्ने

Read Time : < 1 मिनेट
रासस, नैरोबी
नयाँ पत्रिका
२o८o जेठ २ मंगलबार १३:oo:oo

केन्या र सोमालिया ११ वर्षदेखि बन्द रहेको आफ्नो सीमानाका पुनः खोल्न सहमत भएका छन्। आन्तरिक र राष्ट्रिय प्रशासन मन्त्रालयका क्याबिनेट सचिव किथुरे किन्डिकीले पत्रकारहरूलाई दिएको जानकारीअनुसार मन्डेरा काउन्टीका सिमानाहरू आगामी ३० दिनभित्र खोलिनेछ।

त्यसैगरी, गारिसा काउन्टीको लिबोई र दक्षिणी सोमालियाको रास कम्बोनी अर्को ६० दिनभित्र खोलिनेछ। अन्य नाकाहरू पनि क्रमशः खोलिने बताइएको छ।

सोमालियाका आन्तरिक सुरक्षामन्त्री मोहम्मद अहमद शेख अलीसँग द्विपक्षीय वार्ता गरेपछि किन्डिकीले भने, ‘हामी सोमालिया प्रवेश गर्ने अर्को सिमाना खोल्ने सम्भावनालाई पनि पुनर्विचार गर्ने प्रक्रियामा छौँ।’ केन्याले सन् २०१२ मा अल–शबाब आतंकवादी समूहबाट बढेको आतंककारी हमलापछि सोमालियासँगको आफ्नो सीमा बन्द गरेको थियो। 

जनताको आवतजावतलाई सहज बनाउन र वस्तु तथा सेवाको व्यापार बढाउन दुवै देशबीच साझा सीमा पुनः खोल्ने सहमति भएको अलीले बताएका छन्। साझा सिमानाका आसपासका समुदायले भोग्नुपरेको चुनौती एउटै देशले सम्बोधन गर्न नसक्ने गरी जटिल रहेको  पनि उनले बताएका छन्।