Skip This
भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीको देशव्यापी खबरदारी अभियान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २८ बिहीबार
  • Saturday, 27 July, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २८ बिहीबार १८:३५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

भ्रष्टाचारविरुद्ध एकीकृत समाजवादीको देशव्यापी खबरदारी अभियान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २८ बिहीबार १८:३५:oo

सत्तारुढ एकीकृत समाजवादीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबै दोषीलाई कारबाहीको माग गर्दै देशव्यापी खबरदारी अभियान सुरु गरेको छ।

काठमाडौंको माइतीघर मण्डलासहित देशभरका जिल्ला प्रशासन कार्यालय अगाडि बिहीबार धर्ना दिएर खबरदारी थालेको एकीकृत समाजवादीले जनाएको छ। मोर्चा संगठनको आह्वानमा ‘नक्कली शरणार्थी काण्डका सबै अपराधीलाई कारबाही गर’ भन्ने मुख्य नारासहित देशव्यापी रूपमा खबरदारी गरेको स्थायी समिति सदस्य एवं किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटाले जानकारी दिए।

देशव्यापी रूपमा भ्रष्टाचारविरुद्ध खबरदारी अभियान सुरु गरेको उनले बताए। धर्नामा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीहरूलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याउन माग गरेका छन्। सरकारलाई खुट्टा नकमाउन पनि उनीहरूले सुझाव दिएका छन्। उनीहरूले नक्कली शरणार्थीका साथै अन्य प्रकरणमा पनि छानबिन गर्न माग गरेका छन्।

गृहमन्त्रीलाई दबाबमा नपर्न भेटेरै ध्यानाकर्षण
एकीकृत समाजवादीले नक्कली शरणार्थी प्रकरणमा सरकारी कामप्रति ऐक्यबद्धता जनाएको छ। एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरू अशेष घिमिरे, दामोदर अर्याल, गणेश विकसहित विभागका सचिव, जिल्ला अध्यक्ष र जनसंगठनका प्रतिनिधिले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाएका हुन्।

‘नेताहरूप्रति जनतामा विश्वास छैन। अहिले पनि देखावटी मात्रै हो कि भन्ने आशंका जनाइएको अवस्था छ। जनतामा नेताहरूप्रति रहेको अविश्वासलाई चिर्ने गरी काम गर्नुस्, दबाब भए बरु जनतामा जानुस भन्ने सुझाव दियौँ,’ घिमिरेले नयाँ पत्रिकासँग भने। 

एकीकृत समाजवादीले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान थालेको जानकारीसमेत नेताहरूले गृहमन्त्री श्रेष्ठलाई गराएका छन्। ‘राज्यमा नेता भएपछि जस्तोसुकै अपराध गर्न पनि पाइन्छ भन्ने डरलाग्दो दण्डहिनताको मनोविज्ञान स्थापना गर्न खोजिएको छ। नेताहरू आपसमा मिलेर तैँ चुप मैँ चुप गर्छन्, भन्ने जनतामाझ नेतृत्वप्रति घनघोर अविश्वास छ। हामीले गृहमन्त्रीलाई भेटेर भन्यौँ– कानुनी राज्य र सुशासनका लागि प्रतिबद्ध रहनुस्। भ्रष्टाचारीहरूविरूद्धको तपाईंको र सरकारको कदममा हाम्रो ऐक्यबद्धता छ। कुनै कारणवश यसलाई बीचबाटोमा अलपत्र नपारियोस् भन्नेमा सचेत रहन पनि सुझायौँ,’ घिमिरेले भने।

जवाफमा गृहमन्त्री श्रेष्ठले कुनै प्रकारको दबाबमा नपर्ने र दोषीलाई कारबाही गरिछाड्ने बताएका छन्। भ्रष्टाचारविरुद्धको अभियानले काम गर्न सहयोग पुग्ने विश्वास गृहमन्त्रीले लिएको घिमिरेले बताए। ‘म कुनै दबाबमा पर्दिनँ, कसैले अहिलेसम्म दबाब दिएको पनि छैन। तपाईँहरूको भ्रष्टाचारविरोधी अभियानले सहयोग नै पुग्छ,’ श्रेष्ठको भनाइ उदृत गर्दै घिमिरेले भने।