बसको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

२०७६ बैशाख २ सोमबार १९:३६:०० | राैतहट

बस र मोटरसाइकल ठोक्किदा रौतहटमा एक जनाको ज्यान गएको छ । एक गम्भीर घाइते भएका छन् । 

सोमबार दिउँसो गौर चन्द्रपुर सडकखण्डको हर्साह नजिकै ना ४ ख ६१११ नम्बरको बसले गौरबाट चन्द्रपुर आउँदै गरेको ना ४६ प ९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक अन्दाजी २२ वर्षका सर्लाही सहदवा गाउँपालिका ८ का कृष्ण नन्दन साहको ज्यान गएको हो  ।

मोटरसाईकलमा सवार साहकी श्रीमती आरती कुमारी साह सोनारको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिपरित दिशाबाट आएको बसको ठक्करबाट घाईते साह सोनारको चन्द्रनिगाहपुरस्थित अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगंज पठाएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक अनमोल खडकाले जानकारी दिए ।

मोटर साईकललाई ठक्कर दिने बस र बसका चालक इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन् ।
 

प्रतिकृया दिनुहोस