१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २७ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २७ बुधबार १७:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री भन्छन्- प्रहरी अनुसन्धानलाई डिस्टर्ब नगर्ने शीर्ष तहमा सहमति छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार १७:३६:oo

प्रधानमन्त्री प्रचण्डले भुटानी शरणार्थी आवरणमा भएको ठगी प्रकरणमा प्रहरीको अनुसन्धानलाई कुनै ‘डिस्टर्ब’ नगर्ने सहमति शीर्ष नेतृत्वबीच भएको बताएका छन् । 

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज भएको ठूला तीन दलका शीर्ष नेताहरूको बैठकमा यस्तो समझदारी भएको उनले बताए । 

ठगी प्रकरणमा उच्च राजनीतिक नेतृत्व पनि तानिएपछि राजनीतिक हस्तक्षेपले प्रहरीको अनुसन्धान रोकिने वा निष्कर्षमा पुग्न नदिने आशंका नागरिकस्तरमा गरिएका वेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो । 

उनले सञ्चारमाध्यमहरूमा आएजस्तो अनुसन्धान प्रभावित बनाउन उच्च राजनीतिक नेतृत्वले कुनै दबाब नदिएको र पछिल्ला दिन भइरहेका शीर्ष भेटवार्ता त्यसमा केन्द्रित नरहेको पनि स्पष्ट पारे । 

‘लगातारका पछिल्ला भेट सदनलाई कसरी सञ्चालन गर्ने, समितिहरू कसरी बनाउने, संयुक्त समितिहरू कसरी बनाउनेजस्ता विषयमा केन्द्रित छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो विषयमा प्रहरीले जसरी अनुसन्धान बढाएको छ, यसमा प्रहरीलाई कुनै डिस्टर्ब गर्नुहुँदैन भन्नेमा हामी सबैको सहमति छ ।’ 

भुटानी शरणार्थीको आवरणमा भएको ठगीका दोषीले उन्मुक्ति नपाओस् भनेर  आफूले प्रहरीलाई स्पष्ट निर्देशन दिएको प्रधानमन्त्रीले बताए ।