१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २७ बुधबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख २७ बुधबार १३:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदबाटै रायमाझीलाई एमालेको निर्देशन - अनुसन्धान र छानबिनमा सहयोग गर्नुस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २७ बुधबार १३:५३:oo

एमाले सांसद पृथ्वीसुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि भूमिगत भएका एमाले सचिव टोपबहादुर रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन दिएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद गुरुङले  यस्तो बताएका हुन्। 

मंगलबार बसेको एमालेको सचिवालय बैठकले रायमाझीका कारण पार्टीको प्रतिष्ठामा आँच पुगेको निष्कर्ष निकालेको थियो। उनले भने, ‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौँ, तपाईं यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्।’