१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:१७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आजको मौसम : पहाडी भूभागमा आंशिक बदली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:१७:oo

हाल देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसैगरी, कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशका तराईका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको अनुमान गरिएको छ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायमै  छ। आज राति भने गण्डकी प्रदेशका केही पहाडी स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।