१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यो सरकारले अर्थतन्त्र उकास्न सक्दैन : योगेश भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o२:oo

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सत्तागठबन्धन फेरबदल नभई अर्थतन्त्र चलायमान बन्न नसक्ने टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले यस्तो बताएका हुन्।

वर्तमान सरकारलाई विदेशी र नेपाली लगानीकर्ताले समेत विश्वास गर्न नसकिरहेको उनको दाबी छ। अहिलेकै जोडी बनाइरहे प्रधानमन्त्रीको फिल्म सुपर फ्लप हुने निश्चित रहेको भन्दै उनले कटाक्ष गरे।

‘सरकार चलेकै छैन, सरकारका संयन्त्र चलेकै छैनन्। कर्मचारीतन्त्र चलेकै छैनन्। कर्मचारीले विश्वास गरेका छैनन्। विदेशीले विश्वास गरेका छैनन्। नेपाली लगानीकर्ताले विश्वास गरेका छैनन्। अब यो जोडी कायम राख्ने कि जोडी बदल्ने कि छोड्ने यो ठाउँमा छलफल गर्नुपर्छ। यही जोडी कायम राख्ने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्लप हुने निश्चित छ,’ उनले भने।