
राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले प्रस्तुत गरेको बजेटका सिद्धान्त र प्राथमिकता नागरिकको आँखामा छारो हाल्नका लागि ल्याएजस्तो भएको बताएका छन्।
सोमबार राष्ट्रिय सभाको बैठकमा सरकारले आइतबार प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्।
उनले सिद्धान्त र प्राथमिकतामा विरोध गर्नुपर्ने र समर्थन गर्नुपर्ने कुनै ठाउँ नरहेको जिकिर गरे। बजेटका सिद्धान्त र प्राथमिकतामा गर्छौँ र हुनेछ बाहेक अन्य केही नभएको बताउँदै उनले बजेटका सिद्धान्त र प्राथमिकता लागू गर्ने हो भने ४५ खर्बभन्दा कमी रकमले नहुने स्पष्ट पारे।
गौतमले दुई–दुई महिनामा सरकार परिवर्तन गर्नु लज्जास्पद भएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जान आवश्यक रहेको बताए।