१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Friday, 05 July, 2024
२o८o बैशाख २२ शुक्रबार २३:१९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
सप्तरंग डिजिटल संस्करण

कोशीको विरोध गर्दै किराँत समुदायले मझुवागढीमा मनाए उँभौली साकेला 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार २३:१९:oo

किराँत ऐतिहासिकस्थल खोटाङको झुवागढीमा आयोजना गरिएको उँभौली साकेला सधैँको जस्तो थिएन । चर्को नाराबाजी र भाषणमा कोशी प्रदेशको विरोध गर्दै उँभौली मनाइरहेका थिए, किराँत समुदाय । 

कोशी प्रदेश खारेज गरी पहिचानको आधारमा पुनः नामाङ्कन गर्नुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन् । सुरुमा आयोजना गरिएको विरोध कार्यक्रमपछि वातावरण पुनः फेरियो । ढोल, झ्याम्टाको तालमा तन्नेरीहरू साकेला सिली नाच्न थाले । 

किराँत राई यायोक्खा, किराँत सेवा समाज र मझुवागढी संरक्षण समितिको संयुक्त आयोजित साकेला सिलीमा किराँती मात्र नभई गैरकिराँतसमेत लहर मिलाएर नाचेका थिए । 

किराँतीहरुले वैशाखे पूर्णीमादेखि महिना दिनसम्ममा उँभौली र मङ्सिरे पूर्णीमादेखि १५ दिनसम्म उँधौली गरी वर्षमा दुईपटक यो सिली नाँच्ने गरिन्छ । वैशाखे पूर्णिमाको समयमा जलचर तथा थलचर जीवजन्तु उँभो लाग्ने भएकाले उँभौली र मंसिरे पूर्णीमाको बेला उँधो लाग्ने भएकाले उँधौली भनिएको किराँत राई यायोक्खाका अध्यक्ष युगसन किराँतले बताए । 

उँभौलीको अवसरमा खेतीपाती राम्रो होस्, प्रकृति प्रकोप आइनपरोस लगायतका कामना गर्दै प्रकृतिको पूजा आराधना गर्ने चलन छ । उँधौलीको अवसरमा अन्नपातको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । 

उँभौली–उँधौलीलाई आफन्तजना तथा इष्टमित्रसँगको भेटघाट गर्ने महत्वपूर्ण अवसरका रुपमा पनि मानिन्छ । उँभौलीको अवसरमा जिल्लाका विभिन्न ठाउँहरुमा उँभौली मनाइएको यायोख्खा अध्यक्ष किराँतले जानकारी दिए । 

साकेला सिली किराँतीहरुले मात्र नभइ सबै जातजाति तथा धर्मका समुदायले समेत नाँच्ने भएकाले जातीय सहिष्णुता, एकता र भाइचाराको विकास गर्ने एउटा समृद्ध सँस्कृति बनेको पाइएको छ । उँभौली शुरु भएसँगै जिल्लाका गाउँ तथा बस्तीहरुमा ढोलझ्याम्टाको आवाज र साकेला गीतले गुञ्जयमान बनेको छ । 

छितको गुन्यु, मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाका टोपी लगायत किराँती मौलिक भेषभुषामा सजिएर हरेक किराँतीहरुको घरघरमा साकेला सिली नाच्ने चलन छ । उँभौली र उँधौली दुवै पटक चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगतको रक्षा गरून् भन्ने कामनाका साथ साकेला चाड मनाउने गरिएको नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष हात्तीराम राईले जानकारी दिए । 

साकेला उँधौलीको पहिलो दिन जिल्लास्थित विभिन्न किराँत ऐतिहासिकस्थलहरुमा भूमिको पूजाआजा गर्दै साकेला सिली नाच्ने चलन छ । उँधौली र उँभौली दुवै चाडमा किराँत समुदायको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा पूजा गर्ने चलन छ । 

ad
ad
ad
ad