१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २२ शुक्रबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २२ शुक्रबार १६:o८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काम नगर्ने कम्पनीलाई कारबाही गर्न निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २२ शुक्रबार १६:o८:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्गअन्तर्गत बेतौना–विराटनगर सडक खण्डको काम नगर्ने निर्माण कम्पनीलाई कारबाही अघि बढाउन निर्देशन दिएका छन्। 

मन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी तत्काल निर्माण कम्पनीलाई कारबाही गर्न निर्देशन दिएका हुन्। उनले समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिए।  

बेतौनादेखि विराटनगरसम्मको झन्डै १८ किलोमिटर सडक निर्माणका लागि सञ्चालित दुई ठेक्काको निर्माण एक महिनादेखि ठप्प छ। 

निर्माण रोकिएपछि इटहरी कार्यालयले निर्माण व्यवसायीलाई लिखित पत्राचार गरिसकेको छ। निर्माण सम्पन्न गर्ने गरी तत्काल काम अघि नबढाए निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका सर्तबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले जनाएको छ। 

हुलाकी राजमार्गको सो खण्डको निर्माण रोकिएको विषयमा विगतदेखि नै जनप्रतिनिधिले चासो देखाउँदै आएका छन्। अहिले निर्माण कम्पनीले कामा ठप्प गरेपछि संघीय सांसद, प्रदेश सभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले आज पत्रकार सम्मेलन गरेका थिए। 

हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको इटहरी योजनाको कार्यक्षेत्रमा झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला छन्। जम्मा ४४ किलाेमिटर खण्डमा पाँच ठेक्का लगाइएकोमध्ये हालसम्म २० किलाेमिटर सडकमा कालोपत्र भइसकेको छ।