१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व प्रिन्ट संस्करण

रुसी राष्ट्रपति पुटिनमाथि ड्रोन आक्रमणको प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:३३:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको क्रेमलिनस्थित निवासमा ‘ड्रोन आक्रमण’ भएको छ । आक्रमणलाई रुसले ‘आतंकवादी हमला’को संज्ञा दिएको छ । साथै रुसले आफूले चाहेको तरिका, स्थान र समयमा प्रतिकार गर्ने चेतावनी दिएको छ । रुसले युक्रेनले आफ्नो देशका राष्ट्रपतिको हत्या प्रयास गरेको आरोप लगाएको छ । ‘मंगलबार राति युक्रेनी मानवरहित ‘वायुयान’ आक्रमणका समयमा राष्ट्रपति क्रेमलिनमा थिएनन् ।

उनी अहिले मस्कोनजिकैको आफ्नो निवासमा काम गरिरहेका छन्,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्ने । रुसी राष्ट्रपति कार्यलय क्रेमलिनले युक्रेनले क्रेमलिनस्थित राष्ट्रपतिको आवासमा क्षति पुर्‍याउने उद्देश्यले रातको समयमा दुईवटा ड्रोन आक्रमण भएको बताएको छ । ड्रोनहरू विद्युतीय उपकरणको प्रयोग गरेर नष्ट गरिएको र कुनै हताहती वा क्षति नभएको जानकारी दिइएको छ । 

आक्रमणपछि रसिया टुडेमा प्रकाशित राष्ट्रपति कार्यालयको विज्ञप्तिमा भनिएको छ, ‘यस आतंकवादी आक्रमणबाट रुसी महासंघका राष्ट्रपतिलाई कुनै चोटपटक लागेको छैन । उनको कार्यतालिकामा कुनै परिवर्तन भएको छैन ।’ विज्ञप्तिमा थप भनिएको छ,‘ हामी यसलाई पूर्वनियोजित आतंकवादी गतिविधि र रुसी राष्ट्रपतिविरुद्धको प्रयास ठान्छौँ, यो घटना विदेशी पाहुनाहरू उपस्थित हुने योजना बनाइरहेको समय ‘विजय दिवस र मे ९’ को परेडको पूर्वसन्ध्यामा भएको छ । उचित समयमा उचित प्रतिरोधात्मक कदम चालिनेछ ।’

युक्रेनले भने घटनामा उसको संलग्नता अस्वीकार गरेको छ । युक्रेनी राष्ट्रपति कार्यालयका अधिकारी मिखाइलो पोदोलियाकले रोयटर्स समाचार एजेन्सीसँगको कुराकानीमा घटनामा आफूहरूको कुनै संलग्नता नभएको बताए । एक ट्विट गर्दै उनले घटना युक्रेनमाथि ‘आतकंवादी आक्रमण’ सञ्चालन गर्ने बहानामा रुस आफैँले घटना घटाएको आरोप लगाएका छन् । 

ad
ad