मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०८० बैशाख २० बुधबार ०८:१०:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

युक्रेनमा पाँच महिनामा २० हजार रुसी सैनिक मारिएको अमेरिकी दाबी

Read Time : < 1 मिनेट
२०८० बैशाख २० बुधबार ०८:१०:००

 युक्रेनको पूर्वी भेगमा जारी युद्धमा डिसेम्बरयताका पाँच महिनामा मात्रै एक लाख हताहती र २० हजार रुसी सैनिकले ज्यान गुमाइसकेको ह्वाइट हाउसले दाबी गरेको छ । युक्रेनी सेनाले पूर्वी क्षेत्रमा भएको रुसी आक्रमणको प्रतिकारमा रुसले अधिक क्षति व्यहोरेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद् सल्लाहकार जोन किर्बीले नियमित पत्रकार सम्मेलनमा बताएका हुन् । 

अमेरिकी गुप्तचर निकायबाट प्राप्त सूचनाका आधारमा सल्लाहकार किर्बीले रुसले व्यहोरेको उक्त क्षतिको जानकारी दिएका भए पनि हताहतीको उक्त विवरणको आधारबारे स्पष्ट गरेका छैनन् । गत नोेभेम्बरमा अमेरिकी सेनाका एक वरिष्ठ अधिकारीले एक लाखभन्दा बढी रुसीहरूको हताहती भएको बताएका थिए ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार किर्बीका अनुसार मारिएकामध्ये करिब आधा वाग्नर समूहका भाडाका सैनिक छन् । सो समूहका धेरै सदस्य कारगारबाट मुक्त गरिएका कैदी रहेको बताइन्छ । ती कुनै प्रशिक्षणविनै युद्धमैदानमा लगिएका थिए । 

अहिले रुस युक्रेनको रणनीतिक सहर बाखमुत नियन्त्रण लिने अन्तिम चरणमा रहेको छ । केही विश्लेषक बाखमुतलाई नियन्त्रणमा लिनु रुसका निम्ति महŒवपूर्ण रहेको बताउँछन् । विशेषतः बखमुतबाट दोनेत्स्क क्षेत्रको क्रामाटोस्र्क र स्लोभियान्स्कका ठूला सहरमा अगाडि बढ्ने प्रयासमा रुसलाई सहजता हुन सक्छ ।