१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Sunday, 11 May, 2025
कमलराज भट्ट काठमाडौं
२o८o बैशाख १९ मंगलबार १८:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले सांसद कोइरी निलम्बित

Read Time : < 1 मिनेट
कमलराज भट्ट, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १८:५३:oo

संसद् सचिवालयले कर्तव्य ज्यान मुद्दामा फरार एमाले सांसद लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेको छ। 

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा नियमावलीको नियम २४८(३) को व्यवस्थाबमोजिम मंगलबार कोइरीलाई निलम्बन गर्ने निर्णय गरेको संसद्का महासचिव भरतराज गौतमले जानकारी दिए। 

प्रतिनिधिसभा अधिवेशन अन्त्य भएकाले गौतमले मंगलबार साँझ कोइरी निलम्बनको सूचनासमेत टाँस गरेका छन् । 

सशस्त्रका असइ थमन विकको हत्यामा संलग्न भएको अभियोग लागेका कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्न उच्च अदालत जनकपुरले आदेश दिए पनि तारेख गुजारेर फरार छन्। 

नेपाल प्रहरीले आइतबार सभामुख घिमिरेलाई पत्र लेख्दै कोइरी फरार रहेकाले पक्राउमा सहयोग गरिदिन अनुरोध गरेको थियो। यसअघि ७ पुसमा पनि प्रहरी प्रधान कार्यालयले संसद्का महासचिव गौतमलाई पत्र लेखेको थियो।