१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १६ शनिबार
  • Sunday, 11 May, 2025
२o८o बैशाख १६ शनिबार २१:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले बाल अस्पताललाई गरे ५० लाख सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १६ शनिबार २१:२१:oo

दमकमा सञ्चालनमा आएको बाल अस्पताललाई कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदान गरेका छन्। 

डा. रिजालले आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत प्रदान गरेको सो रकमबराबरको बैंकिङ चेक शनिबार मोरङको रतुवामाईमा आयोजित कार्यक्रमबीच हस्तान्तरण गरे।

पूर्वमन्त्री डा. रिजालले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापकसमेत रहेका काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केओच)का अध्यक्ष डा. भगवान कोइरालालाई सो चेक हस्तान्तरण गरेका थिए। 

रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यबाहक प्रमुख भीमप्रसाद पौडेलको रोहबरमा रतुवामाई ७ स्थित एक धार्मिक संस्थाको सभाकक्षमा आयोजित कार्यक्रमका बीच चेक हस्तान्तरण गर्दै कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सो क्षेत्रका पूर्वसांसद डा. रिजालले बालबालिकाहरूको स्वास्थ्य सेवालाई मध्यनजर गरेर सञ्चालनमा आएको दमकस्थित सो बाल अस्पतालको प्रशंसा गरे।

त्यसअघि अस्पतालको स्थलगत निरीक्षणसमेत गरेका थिए। सो अवसरमा नेता डा. रिजालले समाजका लागि दिने योगदानले भावी सन्ततिहरूको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने बताए। 

मोरङ क्षेत्र नं. २ का निवर्तमान सांसद रिजालले सो अस्पतालबाट यस निर्वाचन क्षेत्रवासी पनि लाभान्वित हुने बताए। सो अवसरमा अस्पताल सञ्चालन पक्ष र पुण्यश्री फाउन्डेसनबीच सीमान्तकृत एवं विपन्न समुदायका बालबालिकाहरूको स्वास्थ्य उपचार सेवासम्बन्धी सम्झौतामा हस्ताक्षरसमेत भएको छ।

कार्यक्रममा डा. कोइरालाले बाल मृत्युदर घटाउने सरकारको अभियानमा सहयोग पुर्याउनकै लागि देशका सातवटै प्रदेशमा कम्तीमा एक–एकवटा यस किसिमका बाल विशिष्टीकृत अस्पताल सञ्चालनको अवधारणा ल्याइएको बताए।

नेपाल रेडक्रस सोसाइटी दमक उपशाखासमेतसँगको सहयोगमा दमकमा सञ्चालन गरेको बालबालिकाका सबै रोगहरूको उपचार गर्ने विशिष्ट किसिमको किओच दमक बाल अस्पतालमा विशेषज्ञ डाक्टरहरूको सेवासमेत सुलभ र सहज मूल्यमा प्रवाह भइरहेको छ। सो अस्पतालमा बालबालिकाहरूको इमर्जेन्सी उपचार तथा ओपिडी जाँच तथा उपचार सेवा चलिरहेको छ।