१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १५ शुक्रबार
  • Tuesday, 02 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८o बैशाख १५ शुक्रबार ११:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

सेकेन्डह्यान्ड बाइक किन्दा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १५ शुक्रबार ११:oo:oo

बाइक जाँच गर्ने
बाइक जाँच गर्दा सकेसम्म अनुभवी व्यक्तिलाई लानुपर्छ । बाइकका हरेक पार्टपुर्जा चेक गर्नुपर्छ, जस्तै– ब्रेक, क्लज, एक्सिलेटर, लाइट, इन्जिन, टायर, तेल हाल्ने ट्यांकी आदि । यी पार्टपुर्जाले राम्ररी काम गर्न सक्छन् वा सक्दैनन्, यकिन गर्न आवश्यक छ । यसबाहेक बाइकको पूरा बडी हेरेर स्क्र्याच भए/नभएको समेत हेर्नुपर्छ ।

इन्जिन चेक
चाहे जुनसुकै कम्पनीको बाइक किन नहोस्, त्यसको इन्जिन क्षमता के, कति र कस्तो छ भन्ने मुख्य हो । त्यस्तै, कति सिसीको बाइकले कति किमिसम्म माइलेज दिन्छ र इन्जिन क्षमता कति राख्छ भन्ने कुरामा पनि दिनुपर्छ । यसर्थ, बाइक खरिद गर्नुअघि इन्जिन राम्ररी चेक गर्न आवश्यक छ ।

कागजात
प्रायः बाइक कुनै चिनेको मानिस वा रिकन्डिसन सेन्टरबाट खरिद गरिन्छ । जहाँसुकैबाट किन्ने भए पनि उक्त बाइकका कागजात सबैभन्दा पहिला हेर्नुपर्छ । ब्लुबुकमा उल्लेख भएको चेसिस नम्बर र बाइकको नम्बर एउटै हुनुपर्छ । यसबाहेक बाइकको कर तिरेको, बिमा गरिएको छ कि छैन भन्नेमा ध्यान पुर्‍याउनुपर्छ । त्यस्तै, सर्भिससम्बन्धी कागजात, बाइक चोरी भए/नभएको वा दुर्घटनामा परे/नपरेको आदिसमेत ख्याल गर्नुपर्छ ।

कुदाएर हेर्ने
बाइक छान्ने सबैभन्दा राम्रो तरिका टेस्ट ड्राइभ हो । बाइक चलाएर हेर्दा त्यहाँ भएका कमीकमजोरी सजिलै पत्ता लगाउन सकिन्छ । 

ad
ad
ad
ad