मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख १३ बुधबार १७:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालाे झन्डा देखाउँदै पहिचानवादीद्वारा ओली सहभागी कार्यक्रममा अवरोध

Read Time : < 1 मिनेट
२०८० बैशाख १३ बुधबार १७:१९:००

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादीले गृहजिल्ला झापामा अवरोध गरेका छन्। झापा हुँदै इलाम जाने क्रममा ओलीलाई बुद्धशान्तिमा पहिचान पक्षधरले अवरोध गरेका हुन्। 

उनीहरूले बुद्धशान्तिमा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा पुगेर नाराबाजी गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।

पहिचान पक्षधरले ओलीलाई कालो झन्डा देखाउनुका साथै उनीहरू प्रहरीमाथि ढुंगामुढा प्रहार भएको हो। बुद्धशान्तिमा भएको झडपका क्रममा प्रहरी निरीक्षक अनिल माबोहाङसहित दुई प्रहरी घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको रिजालले जानकारी दिए। 

उपचारका लागि बिएन्डसी अस्पताल लैजाने तयारी भइरहेको उनले बताए। आन्दोलनका क्रममा प्रहरीले दुईजना पहिचानवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मित्र लिम्बू, बुलेट किराँती रहेको रिजालले बताए।

एमालेको नेतृत्वमा प्रदेशको नाम कोसी राखेपछि पहिचानवादी निरन्तर आन्दोलन गर्दै आएका छन्। उनीहरूले प्रदेशको नाम खारेज गरेर पहिचानको आधारमा प्रदेशको नाम राख्नुपर्ने माग राख्दै आएका छन्। पहिचान पक्षधरले एमालेको नेतृत्वमा प्रदेशको नाम कोसी राखिएको निष्कर्ष निकालेका छन्।

तस्बिर : सामाजिक सञ्जाल