१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १३ बुधबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १३ बुधबार १६:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अर्थतन्त्र सुधार्न पाँच सय र हजारका नोट छाप्न बन्द गर्नुपर्छ : सांसद देवकोटा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १३ बुधबार १६:१६:oo

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले भ्रष्टाचार नियन्त्रण गरी अर्थतन्त्र सुधारका लागि पाँच सय र हजार रुपैयाँका नोट छपाई रोक्नुपर्ने बताएका छन्। 

बुधबार राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा बोल्दै सदस्य देवकोटाले मुलुकमा भइरहेको भ्रष्टाचार कम हुने दाबी गर्दै पाँच सय र हजार रुपैयाँका नोट छपाइ रोक्नुपर्ने बताएका हुन्। 

उनले बजारमा भएको सबै पैसा नियन्त्रण गर्न सकिए भ्रष्टाचार न्यूनीकरणमा सहयोग पुग्ने दाबी गरे। उनले बजारमा लगानी गर्नुपर्ने पैसा कर्मचारी, नेता, दलाल र बिचौलियाले बोरामा लुकाएर राख्ने गरेको दाबी गरे। 

उनले भने, ‘बजारमा लगानी गर्नुपर्ने पैसा घुस्याहा कर्मचारी, घुस्याहा नेता, दलाल, बिचौलियाले बोरामा लुकाए राख्ने गरेका छन् भन्ने सुनिन्छ । मेरो अनुरोध छ, रु पाँच सय र एक हजारका नोट छाप्न बन्द गरियोस् । बजारबाट सबै नोट खिचियोस् । यसले केही हदसम्म भए पनि भ्रष्टाचार नियन्त्रणमा सहयोग पुर्‍याउँछ।’

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनअनुसार सार्वजनिक ऋणको अधिकांश हिस्सा प्रशासनमा खर्च भएको र अहिले ऋण लिएर चालू खर्च धान्नुपर्ने अवस्था रहेको बताए। 

नेपालमा वैदेशिक ऋण घट्दो क्रममा रहेको, राजस्व संकलन अनुपात भारी मात्रामा घटेको, उद्योगी–व्यवसायी धराशायी बनेको, पुरानो कर्जा तिर्न नयाँ कर्जा लिनुपर्ने अवस्था रहेको उनको भनाइ थियो।