१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ११ सोमबार
  • Friday, 18 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ११ सोमबार १२:२७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

प्रकाश सपुतको ‘सकम्बरी’प्रति पारिजात स्मृति केन्द्रको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ११ सोमबार १२:२७:oo

गायक प्रकाश सपुतको केही दिनअघि रिलिज भएको गीत ‘सकम्बरी’ (फूलमाया)लाई लिएर पारिजात स्मृति केन्द्रले आपत्ति जनाएको छ। 

केन्द्रले विज्ञप्ति निकाल्दै साहित्यकार पारिजातद्वारा लिखित ‘शिरीषको फूल’को पात्रहरू सकम्बरी र सुयोगवीरलाई गीति भिडियोमा देखाइएकोप्रति आपत्ति जनाएको हो।

‘पारिजात स्वयं नारी सशक्तीकरणका लागि लड्नुभएको व्यक्तित्व हुनुभएको व्यहोरासमेत स्मरण गर्दै महिलाको छविलाई सामान्यीकरण गरी नकारात्मक रूपमा प्रस्तुत गरिएको गीतको छायांकनमा अप्रासंगिक रूपमा शिरीषको फूल पुस्तक प्रयोग गरिएको र गीति भिडियोमा देखाइएका पात्रहरूको नाम सकम्बरी र सुयोगवीर राखिएकोप्रति पारिजात स्मृति केन्द्रको आपत्ति रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ।

गीति भिडियोमा शिरीषको फूलकी पात्र सकम्बरीको चरित्रसँग कुनै पनि प्रकारले मेल नखाने पात्र उभ्याउनु र उसलाई सकम्बरी नाम दिनु, पुरुष पात्रलाई सुयोगवीर नाम दिनु र शिरीषको फूल पुस्तकसमेत देखाउनुलाई संयोग मात्र मान्ने अवस्था नदेखिएको विज्ञप्तिमा उल्लेख छ।

पारिजातद्वारा लेखिएको कृति प्रयोग गर्नका लागि केन्द्रसँग कुनै स्वीकृति लिएको अवस्था पनि नरहेको, साथै यसबाट प्रतिलिपि अधिकारको पनि उल्लंघन भएको केन्द्रले बताएको छ।

त्यस्तै केन्द्रले परिजातको नारी सशक्तीकरणको छविलाई सामान्यीकरण गरी नकारात्मक रूपमा प्रस्तुत गरिएको गीतको भिडियोमा अप्रासंगिक रूपमा शिरीषको फूल  पुस्तक प्रयोग भएको भन्दै गायक सपूतसँग दृश्य सच्याउनसमेत माग गरेको छ।