धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई जितका लागि शुभकामना दिएका छन्।
आज मतदान भइरहेको उपनिर्वाचनमा लामिछाने चितवन २ बाट उम्मेदवार छन् । मतदान भइरहँदा साम्पाङले ‘अल द बेस्ट रविजी’ भन्दै शुभकामना दिएका हुन्।
नागरिकता प्रकरणमा सर्वोच्च अदालतको आदेशबाट सांसद पद गुमाएपछि लामिछाने पुनः चितवन २ बाट चुनाव लडिरहेका छन्।
४ मंसिरमा सम्पन्न निर्वाचनमा लामिछाने ४९ हजार तीन सय मत प्राप्त गरी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।