Skip This
अन्नपूर्ण आधार शिविरबाट बेपत्ता आरोहीको जीवितै उद्धार
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ७ बिहीबार
  • Saturday, 27 July, 2024
रासस म्याग्दी
२o८o बैशाख ७ बिहीबार १४:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्नपूर्ण आधार शिविरबाट बेपत्ता आरोहीको जीवितै उद्धार

Read Time : > 1 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
२o८o बैशाख ७ बिहीबार १४:३o:oo

म्याग्दीस्थित अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरबाट बेपत्ता भएका एकजना आरोहीको चार दिनपछि जीवितै उद्धार गरिएको छ।

भारतको राजस्थानको किसनगढका ३४ वर्षीय अनुराग मालु आज बिहान अन्नपूर्ण हिमालको दोस्रो आधार शिविरमा भेटिएका हुन्। सोमबारदेखि बेपत्ता मालुलाई प्रभु एयरको हेलिकाेप्टरले बिहान १०ः३० बजे सात हजार पाँच सय मिटरको उचाइबाट जीवितै उद्धार गरेको सेभेन समिट ट्रेकका प्रबन्धक थानेश्वर गुरागाईंले जानकारी दिए।

‘हेलिकाेप्टरले अन्नपूर्ण हिमालबाट पोखराको मणिपाल शिक्षण अस्पतालमा लगेर उपचार थालिएको छ,’ उनले भने। परिवारका सदस्यका अनुसार मालुको अवस्था गम्भीर छ। मालु सेभेन समिट ट्रेकमार्फत आरोहणमा गएका थिए। आरोहण सफल नभएपछि आधार शिविर फर्कने क्रममा मालु बेपत्ता भएका थिए। 

अन्नपूर्ण हिमालबाट यसअघि मंगलबार भारतीय आरोही २७ वर्षीय बलजित कौरको पनि जीवितकै उद्धार गरिएको थियो। काठमाडौं लगिएकी कौरको अवस्था सामान्य रहेको ट्रेकिङ कम्पनी पायोनियर एडभेन्चरले जनाएको छ।

अन्नपूर्ण आरोहण गरेर फर्कने क्रममा आरोही नोयल हान्नाको मंगलबार मृत्यु भएको थियो। हान्न सेभेन समिट ट्रेकबाट अन्नपूर्ण हिमाल आरोहणमा गएका थिए।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको भूगोलमा अवस्थित छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालू वर्षको वसन्त ऋतुको आरोहण सुरु भएको थियो। 

यस वर्ष अन्नपूर्ण हिमाल आरोहणका लागि पर्यटन विभागबाट पाँचवटा समूहका ४५ जनाले अनुमति लिएका थिए। बुधबारसम्म ३५ जनाले आरोहण गरिसकेका अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका संरक्षण क्षेत्र व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए।

अन्नपूर्ण संसारको दशौँ अग्लो हिमाल हो। वि.सं. १९५० मा फ्रान्सका मौरिस हर्गोजले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए। मौरिसले अन्नपूर्ण चढेको तीन वर्षपछि १९५३ मा सर एडमन्ड हिलारी र तेन्जिङनोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए।