१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० बैशाख ७ बिहीबार १०:३८:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० बैशाख ७ बिहीबार १०:३८:००

खानाको पाठ्यक्रममा सलादको छुट्टै महत्व छ । सलाद मन नपराउने कमै होलान् । त्यसैले अधिकांशले दैनिक आहारमा सलाद समावेश गर्छन् । काँक्रो, गाँजर, मुला, प्याजको सानो टुक्रा खानाको साइडमा राख्नु नै सलाद हो । जुन हाम्रो दैनिक जीवनमा अपरिहार्य छ । 

सलादमा भिटामिन ‘ई’, भिटमिन ‘सी’ र फाइबर पर्याप्त पाइन्छ । कोलेस्ट्रोल नियन्त्रण गर्न, रगतमा चिनीको मात्रा कम गर्न, तौल घटाउन सलादको भूमिका रहन्छ । 
फ्रेन्च मेस्कुलन सलादस्यो सलाद बनाउन कलिलो खालको मिक्स लेटुस दुई सय ग्राम (कम्तीमा पाँच प्रकारका) लिएर आइस वाटरमा धोएर सुक्खा क्रन्ची बनाउने । मस्टर्ड मेस्ट आधा चम्चा, रेड वाइन या सेरी भिनेगर दुई चम्चा, दुई ड्रप्स जैतुनको तेल र नुन, मरिच स्वादअनुसार हालेर ड्रेसिङ बनाई पत्तामा मिसाएर सर्भ गर्न सकिन्छ । यो सलाद विश्वभर लोकप्रिय छ । साइड सलाद होस् या अप्पिटाइजर, जसरी नि पस्कन सकिन्छ ।

लेबनिस कुकम्बर कर्ड सलादस्यो सलाद बनाउन जति सजिलो छ, त्योभन्दा कैयौँ गुणा स्वास्थ्यसम्बन्धी फाइदा र शीतलता प्रदान गर्दछ । एउटा काँक्रोलाई सानो–सानो टुक्रामा काटेर एउटा बाउलमा राख्ने । एक कप लो फ्याटवाला प्लेन दही लिएर एउटा लेमन निचरेर हाल्ने । दुई मुन्टा पुदिना चप गरेर (ड्राई मिन्ट पनि प्रयोग गर्न सकिन्छ) हाल्दिने र दुई केस्रा लसुन चप गरी मिसाउने । अन्तमा स्वादअनुसार नुन हालेर मज्जाले घोल्ने र काटेको काँक्रोमा खन्याइदिने । माथिबाट दुई ड्रप जैतुनको तेल हालेर सर्भ गर्न सकिन्छ ।