१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ७ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ७ बिहीबार १o:१o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विकासका लागि सहायता उपलब्ध गराउन दातालाई अर्थमन्त्रीको आग्रह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ७ बिहीबार १o:१o:oo

अर्थमन्त्री डा. प्रकाशशरण महतले स्विस राजदूत एलिजाबेथ भोन केपलर डेभलपमेन्ट फाइनान्स इन्स्टिच्युसन (डिएफआई)का प्रतिनिधिबीच भेटवार्ता गरेका छन् । बुधबार भएको भेटवार्तामा अर्थमन्त्री डा. महतले उनीहरूसँग नेपालमा निजी लगानी विस्तार गर्ने सम्बन्धमा छलफल गरेका छन् । डिएफआई अन्तर्राष्ट्रिय क्षेत्रमा लगानी गर्ने वित्तीय संस्थाका लगानीकर्ताहरूको संस्था हो । 

नेपालको विकासमा आवश्यक निजी पुँजी र कर्जाको वित्त विस्तार गरी लगानी बढाउने विषयमा छलफल भएको छ । प्रक्रियागत र नीतिगत सहजीकरण गरेर नेपालमा लगानी आकर्षित गर्ने विषयमा ६ वटा डिएफआईका प्रतिनिधिले सुझाव प्रस्तुत गरेका थिए । सोहीक्रममा मन्त्री डा. महतले डिएफआईका प्रतिनिधिहरूबाट प्राप्त सुझाव अध्ययन गरी उपयुक्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सन् २०२६ पछि नेपाल अति कम विकसित मुलुकहरूको सूचीबाट स्तरोन्नतिका लागि सिफारिस गरेको सन्दर्भमा अब परम्परागत वैदेशिक सहायता कम गरी विकासका लागि नयाँ औजार लिएर अगाडि बढ्न पनि मन्त्री डा. महतले बताए ।
छलफलमा डिएफआईका तर्फबाट एडिबी, ब्रिटिसको बिआइआई, अमेरिकाको डिएफसी, नेदरल्यान्ड्सको एफएमओ, फ्रान्सको प्रोपार्को र स्विसको एसआइएफइएमका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।