१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
राष्ट्रपति पौडेललाई बुधबार थप उपचारका लागि भारत लगिँदै । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

आइसियूमा राखेर राष्ट्रपति पौडेलको उपचार गरिँदै

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:o१:oo

उपचारका लागि भारत लगिएका राष्ट्रपति रामचन्द्र पौडेलको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युड अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार सुरु भएको छ । उनको उपचारमा अस्पतालका पल्मोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आइसियूविज्ञ डा. पुनीत मिश्रको टोली संलग्न छ । 

मंगलबार श्वास–प्रश्वासमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई बुधबार चिकित्सक र परिवारको सल्लाहमा दिल्ली लगिएको हो । बिहान १० बजे शिक्षण अस्पतालबाट श्री एयरलाइन्सको विमानमार्फत एयरलिफ्टिङ गरेर उनलाई दिल्ली पुर्‍याइको थियो । शिक्षण अस्पतालले राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको र तल्लो भागमा थोरै पानी जमेको बताएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले गरे स्वास्थ्यलाभको कामना

दिल्लीस्थित नेपाली राजदूतावासले विज्ञप्ति निकालेर पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको छ । दूतावासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएको जानकारी दिएको छ ।

राष्ट्रपति पौडेलसँगै दिल्लीमा रहेका निजी चिकित्सक नीरज बमका अनुसार उनको आइसियूमा राखेर उपचार भइरहेको छ । उनका अनुसार स्वास्थ्य अवस्था सामान्य र स्थिर छ । चिकित्सकले नेपालमा भएका सबै परीक्षणलाई पुनः परीक्षण गरेर सूक्ष्म अध्ययन गरेर उपचार गर्न लागेको उनले सचिवालयलाई जानकारी गराएका छन् । ‘स्वास्थ्य अवस्था सामान्य छ । स्वास्थ्य अवस्था चिन्ताजनक भएर होइन, प्रोटोकलका कारण आइसियूमा राखिएको हो । केही दिनमै नर्मल वार्डमा सारेर उपचार हुनेछ,’ राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले बमसँगको भनाइ उद्धृत गर्दै नयाँ पत्रिकासँग भने ।

दिल्लीस्थित नेपाली राजदूतावासले पनि विज्ञप्ति निकालेर स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको छ । दूतावासले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएको जानकारी दिएको छ ।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले चिकित्सकको सल्लाहअनुसार थप उपचारका लागि भारत लगिएको जानकारी दिए । ‘शिक्षण अस्पताल र एम्स अस्पतालका चिकित्सकबीच परामर्श हुँदा उहाँलाई थप अनुसन्धान एवं उपचारका लागि त्यहीँ जान उपयुक्त हुने राय आएपछि भारतको एम्स अस्पताल लगिएको हो,’ उनले भने । 

राष्ट्रपति पौडेलको साथमा निजी चिकित्सक बम, परिवारका सदस्यसहित सातजना चिकित्सकको टोली दिल्लीमा छ । राष्ट्रपति पौडेललाई गृहमन्त्री नारायणकाजी श्रेष्ठ र परराष्ट्रमन्त्री एनपी साउदले विमानस्थलमा पुगेर स्वास्थ्यलाभको कामना गरेका थिए । 

मंगलबार अक्सिजनको मात्रा कम भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको हो । सोमबार राष्ट्रपति पौडेलको छातीको भिडियो एक्सरे गरिएको थियो । राष्ट्रपति निर्वाचित भएपछि १९ चैतमा उनी पहिलोपटक शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । तत्कालीन समयमा पेटमा समस्या देखिएपछि पाँच दिन उपचार गराई शीतलनिवास फर्किएका थिए । 

त्यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले नेपालकै अस्पतालमा उपचार गराउन चाहेको बताएका छन् । तनहुँमा आयोजित चुनावी सभामा बोल्दै उनले चिकित्सकले सिफारिस गरेका कारण राष्ट्रपति पौडेल भारत जान तयार भएको बताए । 

उनले राष्ट्रपतिको स्वास्थ्यमा सुधार हुँदै गएको बताए । ‘राष्ट्रपति अलिकति अस्वस्थ हुनुभएको, तर गम्भीर होइन । धेरै चिन्ता गर्नुपर्ने स्थिति छैन । सुधार हुँदै छ,’ उनले भने, ‘उहाँ यहीँ उपचार गर्न पाए हुन्थ्यो भन्दै हुनुहुन्थ्यो । डाक्टरहरूले भनेपछि मात्र उहाँ उपचारका लागि भारत जान मान्नुभयो ।’

ad
ad