१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Sunday, 11 May, 2025
एम्स अस्पताल लैजानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्टमा
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ६ बुधबार १३:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एम्स अस्पतालमा राष्ट्रपति पौडेलको उपचार सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १३:४९:oo

भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा राष्ट्रपति रामचन्द्र पौडेलको उपचार सुरु भएको छ।

उनलाई बुधबार बिहान श्रीएयरको एयर एम्बुलेन्समार्फत भारत लगिएको थियो। अहिले एम्समा उनको उपचार सुरु भएको छ।

राष्ट्रपति पौडेलको छातीमा संक्रमण देखिएको थियो। नेपालमा उपचार गराउँदा उल्लेख्य सुधार नभएको भन्दै परिवारका सदस्यहरू र चिकित्सकहरूले थप उपचारका लागि भारत लैजान सुझाव दिएसँगै पौडेललाई भारत लगिएको हो।

उनीसँग निजी चिकित्सक डा. निरज बम, ७ चिकित्सकको टोली र परिवारका सदस्य सँगै छन्।