मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Tuesday, 11 March, 2025
२o८o बैशाख ५ मंगलबार १२:४१:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार १२:४१:oo

जन्तेढुंगा गाउँपालिका र जन्तेढुंगा खेलकुद विकास समितिले आयोजना गरेको सर्वाधिक राशिको ‘प्रथम जन्तेढुंगा आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिता सुरु भएको छ।

फुटबल खेलको विकास गर्दै व्यावसायिक खेलाडी उत्पादन गर्ने उद्देश्यले यही वैशाख ९ गतेसम्म सञ्चालन हुने जिल्लाकै सर्वाधिक राशिको गोल्डकपको प्रतियोगिता सोमबारदेखि सुरु भएको होे। 

गाउँपालिकाको केन्द्र चिसापानीस्थित खर्क खेलमैदानमा आयोजना गरिएको गोल्डकप प्रतियोगिताको पहिलो खेलमा जन्तेढुंगा फुटबल क्लबले विजयी यात्रा सुरु गरेको छ। त्रियुगा स्पोर्टस् क्लब गाईघाटलाई ३–१ गोल अन्तरले हराउँदै जन्तेढु‌गा फुटबल क्लबले विजयी यात्रा सुरु गरेको हो। 

पहिलो खेलमा जन्तेढुंगा फुटबल क्लबका ११ नम्बर जर्सीका खेलाडी अब्दुल्हा म्यान अफ दी म्याच घोषित भएका छन्। अब्दुल्हाले नगद पाँच हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेको जन्तेढुंगा खेलकुद विकास समितिका सचिव अमित राईले जानकारी दिएका छन्। 

प्रतियोगिताको दोस्रो खेल मंगलबार दिउँसो २ः३० बजे बसाहा फुटबल क्लब र हलेसी तुवाचुङ फुटबल क्लबीच हुने आयोजकले जनाएको छ। 

यस्तै, प्रतियोगिताको तेस्रो खेल बुधबार दिउँसो २ः३० बजे भोजपुर फुटबल संघ र बेल्टार एकता क्लबबीच तथा चौथाे खेल गोलबजार स्पोर्टस् क्लब र भगवती स्पोर्टस् क्लबबीच बिहीबार २ः३० बजे सञ्चालन हुने आयोजकले सार्वजनिक गरेको खेल–तालिकामा उल्लेख छ। 

विभिन्न आठ समूहका खेलाडी सहभागितामा प्रथम पुरस्कार राशि रु. दुई लाख ५५ हजार पाँच सयको साथमा गोल्डकप, मेडल र प्रमाणपत्र छ। 

प्रतियोगिताको दोस्रो पुरस्कार रु. एक लाख ५५ हजार पाँच सय, ट्रफी, मेडल र प्रमाणपत्र रहेको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ। 

गोल्डकपमा सेमिफाइनलिस्ट दुई टोलीले रु. ५०–५० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईले जानकारी दिएका छन्। 

प्रतियोगितामा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट डिफेन्डरलाई रु. १०–१० हजार तथा म्यान अफ दी म्याचलाई नगद रु. पाँच हजार प्रदान गरिने आयोजकले जनाएको छ। 

गोल्डकप सञ्चालन गर्न रु. ३० लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ। गोल्डकपमा सहभागी खेलाडीका लागि खाना, वास तथा आवतजावतको व्यवस्था गरिएको जनाइएको छ। 

गोल्डकपले गाउँपालिकाको पहिचान, सम्मान र गरिमा अभिवृद्धिका लागि समेत सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ। फुटबल खेलको विकास र खेलाडीको क्षमता अभिवृद्धि गर्न पालिकास्तरीय खेलकुद विकास समिति दर्ता गर्ने प्रक्रिया पनि अगाडि बढाइएको पत्रकार सम्मेलनमा जनाइएको छ। 

खेलकुदको माध्यमबाट खेलाडीसँगै सामूहिक भावनाको विकास तथा पालिकाकाको धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन तथा प्रचार–प्रसारमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दीक्षा’, खोटेहाङ गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ र जन्तेढुंगा गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले संयुक्त रूपमा उद्घाटन गरेका छन्।