१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Friday, 05 July, 2024
२o८o बैशाख ५ मंगलबार १o:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषधसहित एक नेपाली र एक भारतीय नागरिक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार १o:o८:oo

कास्की प्रहरीले ब्राउनसुगरजस्तो देखिने लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकका अनुसार ब्राउनसुगरजस्तो देखिने ३३ ग्राम लागुपदार्थसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका– २९ तालचोक बस्ने वर्ष ३२ की रमामाया कुमाल र भारत पश्चिम बंगाल जिल्ला मुर्सिदावाल बासगरा पोस्ट थाना लाल गोडा बस्ने वर्ष ३७ का अनारुल इस्लाम रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा- ९ चिप्लेढुंगास्थित एक होटेलबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता विकले जानकारी दिए । 

उनीहरूरुको साथबाट प्रहरीले ब्राउनसुगरसँगै डिजिटल तराजु एक थान र मोबाइईल दुई थानसमेत बरामद गरेको छ । पक्राउ परेका उनीहरूलाई सोमबार लागुऔषधसम्बन्धी मुद्दामा अदालतबाट सात दिनकाे म्याद थप गरी प्रहरीले आवश्यक थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
 

ad
ad
ad
ad