१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ४ सोमबार
  • Sunday, 11 May, 2025
रासस दमौली
२o८o बैशाख ४ सोमबार १७:५८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अवसरवादीबाट सचेत रहनुपर्छ : शेखर कोइराला

Read Time : < 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
२o८o बैशाख ४ सोमबार १७:५८:oo

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अवसरवादी चरित्रका कारण पार्टी कमजोर हुने भएकाले सचेत रहनुपर्ने बताएका छन्। तनहुँको भानु नगरपािलका–२ नारेश्वरटारमा सोमबार आयोजित तरुण युवाको भेलालाई सम्बोधन गर्दै नेता कोइरालाले अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुने उल्लेख गरे।

‘पार्टीमा व्यक्तिवादी चरित्र हावी हुँदा अवसरवादीले मौका पाइरहेका हुन्छन्, अवसरवादीले मौका पाउँदा पार्टी कमजोर हुन्छ, म त त्यस्ता व्यक्तिबाट सावधान भइसके’, उनले भने, ‘तनहुँ क्षेत्र नम्बर १ का आमनागरिकलाई पनि अवसरवादीबाट सचेत रहन आग्रह गर्दछु।’

तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले पदमा नहुँदा विकासमा उल्लेख्य काम गरेको नेता कोइरालाले जिकिर गरे। उनले कांग्रेसको नेतृत्वमा यो क्षेत्रको विकास हुने भएकाले ढुक्क हुन आममतदातासँग आग्रह गरे। नेपाली कांग्रेस एक ठाउँमा उभिनुपर्ने अवस्था आएको भन्दै नेता कोइरालाले भने, ‘नेपाली कांग्रेसभित्र मन दुःखेका साथीलाई भन्न चाहन्छु, कांग्रेसको नेतृत्व अब हामीको बीचमा आउँदै छ । अब कुनै किसिमको द्विविधा नराख्नुहोस्, केही कमजोरी भएका छन्, ती कमजोरीलाई थाती राख्दै निर्वाचनपश्चात् सुल्झाउने प्रयास हुन्छ।’

नेता कोइरालाले वर्तमान सरकार पाँच वर्ष चल्ने बताउँदै अहिलेकै सरकारले मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाउने बताए। भ्रष्टाचारमुक्त समाज, पारदर्शिता, जवाफदेहिता, जनताप्रति उत्तरदायित्व र सुशासनका लागि आफूहरू प्रतिबद्ध रहेको नेता कोइरालाले बताए।