१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १o:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

घलेगाउँमा स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्डकप फुटबल प्रतियोगिता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १o:४२:oo

समुद्री सतहबाट दुई हजार एक सय मिटर उचाइमा रहेको लमजुङको स्मार्ट भिलेज घलेगाउँमा नयाँ वर्षको अवसरमा ‘स्मार्ट भिलेज आमन्त्रित छैटौँ गोल्डकप फुटबल प्रतियोगिता’ आयोजना गरिएको  छ ।

घलेगाउँमा विगतका वर्षहरूमा खुला फुटबल प्रतियोगिता आयोजना गर्दै आएकोमा यसपटक पहिलोपटक आमन्त्रित फुटबल प्रतियोगिता आयोजना गरिएको पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।

उनका अनुसार घलेगाउँस्थित नाइन ‘ए’ साइडको स्वर्गभूमि रंगशालामा हुने प्रतियोगिता सञ्चालन गरिएको छ । प्रतियोगितामा आमन्त्रित  खेलाडीलाई खाना र वासको नि:शुल्क व्यवस्था गरिएको अध्यक्ष घलेले बताए । प्रतियोगितामा जिल्लाभित्रका चार र बाहिरी जिल्लाका ६ टिम सहभागी छन् । 

क्व्होलासोंथार गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले ग्रामीण भेगमा आयोजना गरिएको फुटबल प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा थप सहयोग पुग्ने बताए । उनले भने, ‘प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा घलेगाउँसँगै सिंगो गाउँपालिकाको प्रचारप्रसारमा टेवा पुग्नेछ ।’ प्रतियोगिताको पहिलो पुरस्कारको प्रायोजन पर्यटन समिति आफैँले गर्ने र दोस्रो पुरस्कारको प्रायोजन क्व्होलासोंथर गाउँपालिका– ३ ले गरेको वडाध्यक्ष आसवीर गुरुङले बताए ।

आमन्त्रित स्मार्ट भिलेज गोल्डकप फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद पाँच लाख पाँच सय ५५ रुपैयाँ, गोल्डकप र मेडल प्रदान गरिनेछ ।  द्वितीय हुनेलाई नगद तीन लाख तीन सय ५५ रुपैयाँ, कप र मेडल तथा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई नगद १०–१० हजार रुपैयाँ र मेडल प्रदान गरिनेछ । प्रतियोगिता वैशाख ८ गते सकिनेछ ।

ad
ad