१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
मञ्जु टेलर काठमाडाैं
Invalid date format o७:४७:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

डढेलोले वायु प्रदूषण बढ्यो : ६ दिनमा ३,४३५ स्थानमा डढेलो

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४७:oo

सरकारले भन्यो– श्वासप्रश्वाससम्बन्धी बिरामी घरबाहिर ननिस्कनू

डढेलाका कारण वायु प्रदूषण बढेर काठमाडौं उपत्यकाको आकाश धुम्म भएको छ । मंगलबारदेखि हावाले डढेलोको धुवाँ उडाएर उपत्यका पु¥याएपछि प्रदूषणको मात्रा उच्च भएको हो । जसकारण उपत्यकाको आकाश धुम्म छ । बारा, पर्सा, चितवनलगायत क्षेत्रमा यसअघि नै प्रदूषण उच्च थियो ।

बुधबार साँझ काठमाडौंको शंखपार्कस्थित वायु प्रदूषण मापन केन्द्रमा एयर क्वालिटी इन्डेक्स (वायुको गुणस्तरको मात्रा) २०२ पुगेको छ । जुन मानव स्वास्थ्यका लागि हानिकारक हुन्छ । यो मात्रा १५१ देखि दुई सय हुँदा सबै उमेर समूहकालाई खुला ठाउँमा लामो समयसम्म नबस्न भनिन्छ भने दुई सय नाघ्नुलाई एकदम अस्वस्थकर मानिन्छ । १०१–१५० सम्म हुनुलाई संवेदनशील प्रकृति भएका (मुटु र फोक्सोसम्बन्धी समस्या भएका, वृद्धवृद्धा र बालबालिका)लाई खोकी लाग्ने वा श्वास फेर्न समस्या हुने गर्छ । तर, शून्यदेखि ५० सम्मको मानलाई भने सामान्य मानिन्छ । 

पिएम २.५ र पिएम १० को तथ्यांकलाई एक्युआई भ्यालुमा परिवर्तन गरेर कलर कोड गरेर राखिन्छ । एक्युआई भ्यालु तीनदेखि १२ घन्टाको दौरानमा हावामा प्रदूषणको कणको घनत्व फरक भएका वेला मापन हुन्छ भने पिएम २.५ को मात्रा हरेक घन्टा र २४ घन्टामा निकालिन्छ । तर, प्रदूषणको मात्राको औसत मापदण्ड भने २४ घन्टालाई आधार मानेर तय गरिन्छ । यो सूचकांक हावामा रौँभन्दा झन्डै तीन गुणासम्म मसिना प्रदूषित कण पार्टिकुलेट्स म्याटर (पिएम २.५) मा मापन गर्दा नेपालमा २४ घन्टामा ४० माइक्रोग्राम प्रतिघनमिटर बढ्दा अस्वस्थकर मानिन्छ । 

प्रदूषणको मात्रा उच्च भएपछि वातातावरण विभागले चेतावनी जारी गरेको छ । काठमाडौं उपत्यकासहित मुलुकको मध्य र पूर्वी भागमा वायु प्रदूषणको मात्रा जनस्वास्थ्यलाई हानि गर्ने अवस्थामा पुगेको भन्दै विभागले बालबालिका, वृद्धवृद्धा एवं श्वासप्रश्वाससम्बन्धी र मुटुका बिरामी बढी प्रभावित हुने भएकाले सकेसम्म घरबाहिर ननिस्किन आग्रह गरेको हो । साथै, अन्य उमेर समूहका व्यक्तिलाई पनि घरबाहिर निस्किँदा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ । बिहान र बेलुका प्रदूषणको मात्रा अत्यधिक बढेको छ । विभागका महानिर्देशक शिवलाल तिवारीले जारी गरेको विज्ञप्तिमा वन डढेलो नियन्त्रणका लागि सरोकारवाला निकायसँग हातेमालो गर्नु आमसमुदायलाई विभाग अपिल गरिएको छ भने फोहोरजन्य वस्तु नबाल्न भनिएको छ । 

६ दिनमा ३,४३५ स्थानमा डढेलो

नेपालमा पछिल्लो ६ दिनमा तीन हजार चार सय ३५ स्थानमा डढेलो लागेको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माका अनुसार यस वर्ष हिउँदमा निकै कम वर्षा भएकाले डढेलो बढेको हो । ‘मंगलबारसम्म गण्डकी र पूर्वी क्षेत्रमा डढेलो थियो, बुधबारबाट देशभर डढेलो लागिरहेको छ,’ उनले भने, ‘डढेलो अझ बढ्ने देखिन्छ । 

बुधबार ६ सय ८१ स्थानमा डढेलो लागेको छ भने मंगलबार ६ सय दुई स्थानमा डढेलो थियो । शुक्रबार तीन सय ३६, शनिबार पाँच सय ४७, आइतबार पाँच सय ६२ र सोमबार सात सय सात स्थानमा डढेलो लागेको थियो । बुधबार चितवन, बारा, बर्दिया, दाङ, धादिङ, गोरखा, काभ्रे, मकवानपुर, नवलपरासी, पर्सा, प्युठान, रामेछाप, रौतहट, रुपन्देही, सिन्धुली, सिराहा, स्याङ्जा, तनहुँ र उदयपुरका कैयौँ क्षेत्रमा डढेलो लागेको छ ।