१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format o८:११:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलको एकै खेलमा हिरो बने रिंकु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:११:oo

कोलकत्ता नाइट राइडर्सले पाँच वर्षअघि इन्डियन प्रिमियर लिग (आइपिएल)मा रिंकु सिंहलाई ८० लाख भारुमा अनुबन्ध गरेको थियो । आइपिएलको अक्सनमा रिंकुको प्रारम्भिक बोली न्यूनतम २० लाख भारु थियो । कोलकत्ताले जोखिम उठाउँदै रिंकुमाथि ८० लाख भारु खर्चियो ।

अक्सनमा रिंकु कोलकत्तामा अनुबन्ध हुँदा धेरै आलोचना भएको थियो । कोलकत्ताले औसत खेलाडीमाथि ठूलो रकम खर्चिएको भनियो । तर, आइतबार आइपिएलअन्तर्गत गुजरात टाइटन्सविरुद्धको खेलमा रिंकुले आफ्नो वास्तविक परिचय दिए ।

उनले इनिङ्सका अन्तिम पाँच बलमा लगातार छक्का प्रहार मात्र गरेनन्, कोलकत्तालाई रोमाञ्चक जितसमेत दिलाए । यसै अविस्मरणीय प्रदर्शनसँगै रिंकु अहिले भारतीय मिडिया तथा आइपिएलकै ‘हट केक’ बनेका छन् ।

आइपिएलको इतिहासमै इनिङ्सको अन्तिम पाँच बलमा लगातार छक्का प्रहार गरेका रिंकु सिंह कुनै समय भुइँ पुछेर प्रशिक्षण केन्द्रमा रकम तिर्थे

भारतीय सञ्चारमाध्यमहरूले उनले प्रहार गरेका पाँच छक्काको बारम्बार रिप्ले देखाइरहेका छन् । रिंकु एक सामान्य किसान परिवारमा जन्मेका व्यक्ति हुन् । भारतको उत्तरप्रदेशको अलीगढमा उनको जन्म भएको थियो । उनका बुबा ग्यास विक्रेता हुन् । रिंकुका चार दाजु छन् । 

बुबा ग्यास व्यवसायी
परिवारको आर्थिक अवस्था कमजोर हुँदा रिंकुले राम्रो अध्ययन गर्न पाएनन् । तर, बुबाको पेसामा समेत संलग्न भएका रिंकु ग्यासको सिलिन्डर बोकेर उपभोक्ताको घर–घरमा पुग्थे । वेला–वेलामा बुबा रिंकुलाई खेलमा समय खेर फालेको भनी गाली गर्थे । ‘बुबाले मलाई क्रिकेट खेल्यो भनी कुट्नुहुन्थ्यो,’ रिंकुले सोमबार भारतीय मिडियालाई दिएको अन्तर्वार्तामा भनेका छन् । रिंकुले सुरुमा रमाइलोका लागि क्रिकेट खेले पनि बिस्तारै आफूलाई पोख्त बनाए । एक स्थानीय क्रिकेट प्रतियोगितामा उनले उत्कृष्ट प्रदर्शन गरी जितेको मोटरसाइकल बुबालाई खुसी पार्न उपहार दिए । 

केन्द्रमा रकम तिर्न भुइँ सफा गर्थे
मोटरसाइकल पाउँदा रिंकुका बुबा दंग परे । उनले आफ्ना छोरालाई क्रिकेट खेल्न कुनै रोक लगाएनन् । रिंकुले आफ्नो स्तर राम्रो बनाउन  प्रशिक्षण लिएका थिए । प्रशिक्षण केन्द्रमा प्रतिमहिना रकम तिर्नुपर्ने थियो । रिंकुले त्यही प्रशिक्षण केन्द्रमै भुइँ पुछेर पार्ट टाइम काम गरी मासिक रूपमा प्रशिक्षण केन्द्रमा रकम तिरे । ‘यद्यपि, मलाई भुइँ पुछ्ने काम मन परेको थिएन,’ रिंकुले भनेका छन्, ‘पढाइ नहुँदा राम्रो जागिर पनि खान सकिनँ, फेरि क्रिकेटमा मात्र ध्यान दिनुपर्ने थियो ।’

धेरै समस्याबीच उनी भारतमा भएको यू–१६ का लागि ट्रायलमा गए । दुईपटकसम्म उनी पहिलो राउन्डबाटै बाहिरिए । यसैक्रममा उनले सन् २०१४ मा उत्तरप्रदेशबाट माथिल्लो लेभलमा डेब्यु गरे । उत्तरप्रदेशबाट राम्रो प्रदर्शन गरेपछि उनी सन् २०१७ मा आइपिएलमा पन्जाबमा छनोट भए ।