१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १o:५८:oo
Read Time : > 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

बैठक कोठा कसरी चिटिक्क बनाउने ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:५८:oo

बैठक कोठा घरको पब्लिक एरिया हो । भेटघाट वा पारिवारिक छलफलका लागि पनि यसको प्रयोग गरिन्छ । त्यसैले आकर्षक रूपमा सजाउने गरिन्छ । बैठक कोठा व्यवस्थित रूपमा सजाउन केही कुरामा ध्यान दिन जरुरी छ ।

लोकेसन 
सबैभन्दा महत्वपूर्ण कुरा लोकेसन हो । किचेन र डाइनिङ सँगै एट्याच पनि हुन सक्छ, कसैले सुत्ने कोठानजिकै बैठक कोठा बनाएका हुन्छन् । यदि दुई वा तीन तलाको घर छ भने वरपर अन्य कोठा बनाएर बीचको ठाउँलाई खुला र सुन्दर राखेर लिभिङ रुम तयार गर्न सकिन्छ । प्रायः अवस्थामा बैठक कोठा ग्राउन्ड फ्लोरमै हुन्छ । तर, यदि तपाईंको बैठक कोठा घरभित्र छ भने तपाईंले यसका लागि पर्याप्त स्पेस छट्याउँदा राम्रो देखिन्छ । कम्तीमा १० बाई १० को बैठक कोठा भयो भने राम्रो हुन्छ । 

लाइटिङ
हरेक कोठालाई प्रकाश जरुरी हुन्छ । तर, घाम छिर्ने गरी बैठक कोठाको डिजाइन गर्दा राम्रो हुन्छ । कृत्रिम बत्तीका हकमा अधिकांशले सेतो वा वार्म लाइट प्रयोग गर्छन् । कृत्रिम प्रकाशलाई आवश्यकता हेरेर थप आकर्षक र डेकोरेटेड पनि बनाउन सकिन्छ । 

फ्लोरिङ 
भुइँमा स्टोन फ्लोरिङ पनि गर्न सकिन्छ । त्यस्तै, टायल, मार्बल वा पार्केटिङ पनि गर्न सकिन्छ । अहिले कार्पेट पनि विभिन्न डिजाइनमा उपलब्ध छन् । दीर्घकालसम्म टिक्ने र सहज हुने कुरा राख्दा हुन्छ । आवश्यकताअनुसार विभिन्न डिजाइनका गलैँचा ओछ्याउन सकिन्छ । 

फर्निचर 
बैठक कोठामा प्रायः सबैले टिभी राख्ने भएकाले टिभी युनिटको प्रयोग गर्न सकिन्छ । टिभी युनिटसँगै जोडेर सोकेस राख्नुभयो भने पनि राम्रो हुन्छ । भेटघाट धेरै हुने कोठा भएकाले सोफा राख्दा सहज पनि हुन्छ । टेबल वा कुर्सी पनि राख्न सकिन्छ । चिया खान वा केही म्यागेजिन राख्नका लागि पनि टेबल उपयुक्त हुन्छ । 

रङ/पर्दा
घरभित्र बैठक कोठा छ भने भित्तालाई आकर्षक रूपमा रंग्याउन सकिन्छ । तीनवटा भित्तालाई एउटा कलर र अर्को एउटालाई बेग्लै कलरले रंग्याउँदा पनि आकर्षक देखिन्छ । प्लाई, वालपेपरको प्रयोगले पनि बैठक कोठा सजाउन सकिन्छ । फोटोहरू टाँसेर पनि आकर्षक देखाउन सकिन्छ । बजारमा विभिन्न डिजाइनका महँगा र सस्ता पर्दा पाइन्छन् । 

ad
ad