१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १५:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

कर्णालीकै अर्थमन्त्री, सडककाे अवस्था ‘मृत्युमार्ग’ : उपमहासचिव गुरुङ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १५:oo:oo

नेकपा एमाले पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले कर्णालीकै अर्थमन्त्री भए, तर सडकको अवस्था मृत्युमार्ग रहेको टिप्पणी गरेका छन्। उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मालाई संकेत गर्दै कर्णाली राजमार्गको (सडक) दुरवस्था रहेको बताएका हुन्।  

चैत २३ गते आयोजित कर्णाली प्रदेशस्तरीय प्रचार भेलालाई सम्बोधन गर्दै उनले माथिल्लो कर्णाली विशेषगरी कालीकोट, जुम्ला र मुगु जिल्लाको विकासको मेरुदण्डको रूपमा रहेको कर्णाली राजमार्गको दुरवस्था देखेर उनले तत्कालीन अर्थमन्त्रीमाथि यस्तो टिप्पणी गरेका हुन्। 

उनले भने, ‘कर्णाली राजमार्गमा जताततै खाल्डाखुल्डी, मोडैमोड, साँघुरो सडक यसैमाथि कर्णालीको अर्थमन्त्री, यो त लाजैमर्दाे हो। हुन त देशकै अवस्था, अर्थतन्त्र डामाडाेल छ । अर्थतन्त्र उँधाेगतिमा बढिरहेको अवस्थामा अहिलेको सरकारले खोक्रा भाषण ठोकिरहेको छ।’ 

पार्टी सुदृढीकरण तथा मिसन ग्रासरुट अभियानमा आएका उनले अबको निर्वाचनमा एमाले पार्टी देशकै पहिलो पार्टी बनाउने गरी अभियान थाल्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।  

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आफ्नो पार्टीको सरकार हुँदा सुरु गरेका गौरवका आयोजना अहिलेको सरकारले ‘हामीले गरेका हौँ’ भन्दै जनतालाई ढाँट्ने काम भइरहेको बताइन्। 

उनले भनिन्, ‘सुखी नेपाली समृद्ध नेपाल निर्माणका धेरै महत्वपूर्ण कामको सुरुवात गरेका थियौँ। चुच्चे नक्सा सार्वजनिक गरी लिपुलेक, लिम्पियाधुराको भूभाग भोगचलनका लागि हामीले पहल गरेका थियौँ। तर, हामी सरकारबाट बाहिरिएपछि त्यो काम त्यत्तिकै रहेको छ । अहिलेको सरकारले पहलै गरेको छैन।’ 
 

ad
ad